34.6 C
Birgunj
Homeसमाचारस्थानियहृदयघातबाट विद्युत प्राद्यिकरणका प्रमुख यादवको निधन

हृदयघातबाट विद्युत प्राद्यिकरणका प्रमुख यादवको निधन

- Advertisement -spot_img

वीरगंज पर्सा, ३० फागुन । नेपाल विधुत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमोद कुमार यादवको अल्पायु मै निधन भएको छ । ४० वर्षिय अमोद यादवको हृदयघातबाट मंगलबार विहान निधन भएको हो ।
मंगलबार विहान ब्याडमिन्टन खेल्ने क्रममा अचेत भएका यदावको उपचारको लागि वीरगंजस्थित तराई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले चेकजाँच गरेपछि मृत घोषणा गरेका थिए । प्रमुख यादवको असमायिक निधनले मंगलबार दिनभरी विधुत प्राधिकरण वीरगंज वितरण केन्द्र शोकमै रह्यो । सिराहा निवासी प्रमुख यादवको ४ बर्षिय र ६ बर्षिय दुईटा छोरी रहेको बुझिएको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here