ठाकुर राम बहुमुखी क्याम्पसको स्ववियू चुनाव स्थगित

0
44

वीरगंज पर्सा, ३० फागुन । विद्यार्थीहरुको संघ, संठनहरुको किचलोको कारण ठाकुरराम बहमुखी क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा परेको छ । मतदाता नामावलीको विवाद उत्कर्षमा पुगेपछि क्याम्पस प्रशासनले चुनावलाई मंगलबार दिउसो स्थगित गरेको हो।
मतदाता नामावलीबारे विधार्थी संघसंगठनको विवाद बढदै गएपछि क्याम्पस निर्वाचन समितिले चैत ५ मा हुने निर्वाचनको तिथी सार्दै ८ गते गर्ने सोमबार साँझ नोटिस जारि गरेको थियो । निर्वाचन समितिले नयाँ मतदाता नामावली सहित संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।
तर सोमबार साँझ सार्वजनिक मतदाता नामावली प्रति फेरि विवाद जनाउदै विधार्थी संघसंगठनहरुले मङगलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गर्दै आन्दोलनमा ओर्ले पछि अवस्था तनावपुर्ण बन्दै गएको छ ।
सोमबार साँझ निर्वाचन समितिले ९ हजार ७ सय मतदाता सहितको मतदाता नामावली प्रकाशन गरेको हो । तर फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने माग राख्दै मङगलबार बिहान नेपाल विधार्थी संघ , अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विधार्थी युनियनले क्याम्पस प्रमुखको कार्यकक्ष, निर्वाचन समितिको कार्यालय, सुचना प्रविधी शाखा र विधार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका थिए ।
निर्वाचन अधिकृत रोशन लामिछानले भने त्रिविको स्ववियु निर्वाचन निर्देशिका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले काम गरिरहदा पनि विधार्थी संघसंगठनहरुले विभिन्न विवाद खडा गरिरहेकाले समस्या परेको बताए। निर्वाचन समितीले घोषणा गरे अनुसार आज उम्मेदवार मनानयन पत्र दर्ता गराउने समय भएपनि विद्यार्थी संगठनहरुको आन्दोलनले गर्दा अहिलेको लागी चिर्वाचन स्थगित गर्नुपरेको घोषणा लामिछानेले गरे।
यसअघि फागुन २१ गते क्याम्पस प्रशासनले प्रकाशन गरेको मतदाता नामावली प्रति पनि विरोध जनाउँदै फागुन २६ गते विधार्थीहरुले क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी नै गरेका थिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २३२ थियो । तर विधार्थी संघसंगठनहरुले १ हजार भन्दा बढि फर्जि विधार्थीको नाम समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।
त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रकृया स्थगीत गरि मतदाता नामावली बारे उत्पन्न विवाद सुल्झाउन छानबिन समिति गठन गरेको थियो । सहायक क्याम्पस प्रमुख अनिल कुमार रमनको संयोकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन समितिले सोमबार साँझ ९ हजार ७०० मतदाता सहितको नयाँ मतदाता नामावली र चैत ८ मा निर्वाचन गर्ने गरि संशोधित निर्वाचन तालिका प्रकाशन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here