वीरगंज वडा नं २१ निवासी हराएका इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट उद्वार

0
37

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वडा नं २१ निवासी हराएका इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट उद्वार भएका छन्।

वीरगंज महानगरपालिका वडा २१ निवासी शाह महमदको छोरा इब्राहिम देवान मिति २०७९।०२।०७ गतेका दिन देखि भारतमा उपचार गर्न लैजाने क्रममा भारतको किछौछा दरगाह सरीफबाट हराएको ब्यक्ति ९ महिना पछि भारतको समस्तीपुर जिल्लामा मुमरी धरारी थाना नजिक रुपौली ल्ज् किनारमा फेला परेको छ भन्ने जानकारी प्राप्त भइ वीरगंज महानगर बालअधिकार समितिको विशेष पहलमा बाल कल्यान अधिकार साबित्री भन्डारी लाई १५ दिन अगाडि सुचना पाए लगतै भारतको विभिन्न स्थानहरुमा भएका बाल गृहहरु समन्वय गरि सो ब्यक्तिलाई उदार गरि विरगंजमा मिति २०७९।१०।२९ ल्याइ परिवार जनलाई हस्तान्तरण गरिएको गरिएको थियो।

बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको नेतृत्वमा बसेको खोज तलाश समितिले ९ महिना देखि हराएका इब्राहिम देवान ९ महिना पछि खोज्न सफल भएको छ।

त्यसैगरी, पीडित परिवार जनले बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमलाई धन्यवाद दिदै भने कि तपाईले हामीलाई सहयोग नगरेको भए आज बुवा र छोराको मिलन हुदैन थियोे। साथै बालअधिकार समिति कि साबित्री भन्डारीलाई पनि परिवारजनले धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here