बाराको नौत ५ बहुवरी मा रहेको एल.एस. न्युरो एन्ड जेनरल हस्पिटलले बचायो आमा र बच्चा को ज्यान

0
142

बिनोद प्रसाद पटेल

वीरगन्ज , माघ १५ गते । बाराको नौत ५ बहुवरी मा रहेको एल.एस. न्युरो एन्ड जेनरल हस्पिटलले आमा र बच्चा को ज्यान बचाएको छ। जिल्ला रौतहट कटहरिया नगरपालिका डुमरिया पिपरा पोखरिया वडा नम्बर ९ बस्ने सदरे आलम कि बर्ष २४ कि पत्नि नुरेजान खातुनले २ दुई बच्चालाई जन्म दिएकी हुन् ।
आलम दाम्पती ले बच्चा पाए पछी निकै खुशी भएका छन । दम्पति आलम ले बच्चा पाउने बेला सम्ममा एक पटक पनि कहि कतै चेक जाच तथा भिडियो एक्सरे नगारएको र पछी व्यथा लागे पछी र खातुनको उपचार को लागि उनका श्रीमानले सिवनगरमा रहेको अस्पतालमा लगेका थिए पछि त्याहा  स्रोत साधन तथा  आधुनिक  उपकरणहरु नभएको ले त्याहा उपचार सम्भव न भएपछि उनका श्रीमान सदरे आलमलाई अस्पतालमा डाक्टर भने तपाई को श्रमती को पेट भित्र रहेको बच्चाले पेट भित्रै दिशा गरीसकेको छ अब बाच्चा लाई हामीले यहा नर्मल डिलेबरी गराउन सक्दैनौं  दिशा खाईसकेकोले हामी नीर यस्ता बिरामीहरुलाई राखन साधनहरु नरहेकोले सिवनगरमा रहेको  अस्पताल बाट रफेर गरेपछि उनिलाई एम्बुलेन्स मा लिएर आउदै गर्दै  बाटो मा नै  ब्लड प्रेसर हाई भएर अचेत भैईसके उनका श्रीमान बताए ।आलम दाम्पतीहरु अस्पतालहरु चहार्दा चहार्दै उनका श्रीमानले कलैया बाट बिरगंज आउने क्रममै बाराको परवानिपुर नौतन ५  मेन रोड मै रहेको एल .एस .न्युरो एण्ड जनरल होस्पितलमा आईतवार राति ३ बजेतिर अस्पतालमा लिएर गएका थिए । पछि त्याहा कार्यरत फिजिसियन डाक्टर पवन पटेल ले उनलाई हेरेका थिए अचेत अवस्था मा रहेकी खातुन लाई अस्पतालमा पुर्याएपछि त्याहाका गईनोक्लोजिस्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर तरनुम अफरोज को टिमले भिडियो एक्सरे गराएर  हेर्दा खातुन को पेट मा  २ दुईवटा बच्चा रहेको थियो।  डाक्टर अफरोज ले खातुन लाई  तुरुन्दै अप्रेसन गरि बच्चा निकाल्नु पर्छ भनेपछी खातुन का श्रीमान ले अप्रेसन गर्न राजी भएपछि अप्रेश गरि  डाक्टर तरनुम अफरोज को टिमले  बच्चाहरुलाई सकुशल बचाउन सफल भएको थियो।  खातुनको ब्लड प्रेसर तथा अक्सिजन मेन्टेन नभए पछी खातुनलाई ब्रेन हेम्रेज भएको थियो । अप्रेसन भएपछी खातुन  होसमा न आएपछि उनलाई ४ दिन भेन्टिलेटर मा राखेर वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद ले आफनो निगरानी मा  उपचार सुरु गरेका थिए  ।
खातुन निको भैई हस्पिटल बाट डिस्चार्ज हुनेबेलामा निकै  खुसी थिईन  र उनका श्रीमान भन्दै थिए सायद मैले अन्तै कुनै अस्पतालहरुमा लगेको भए मेरो श्रीमती र बच्चाहरुलाई बचाउन सक्दैन थिए होला  उनका श्रीमान सदरे आलम ले आफनो मनको कुराहरु राखदै थिए ।
अहिले नुरेजान खातुन र उनका दुबै  बच्चाहरु स-कुशल  डिस्चार्ज भैई आफनो घर गएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर तरनुम अफरोजले बताईन  । साथै अब यस एल.एस. न्युरो एन्ड जेनरल हस्पिटल मा नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय, स्वास्थ सेवा बिभाग बाट संचालनमा रहेको आमा सुरक्षा कार्यक्रम अन्तरगतको नि:शुल्क प्रसुती सेवा पनि संचालन मा रहेको अस्पतालका मैनेजिङ्ग डाईरेक्टर रामप्रबेश प्रसाद कुर्मिले बताए ।
बाराको नौत ५ बहुवरी मा रहेको एल.एस. न्युरो एन्ड जेनरल हस्पिटलमा न्युरो तथा नि:शुल्क प्रसुती सेवा लगाएत अन्य सम्पुर्ण ईमर्जेन्सी सेवाहारु “२४” चौबिसौ घन्टा सुचारुमा रहेको अस्पताल का संचालक एवंम वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद ले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here