34.6 C
Birgunj
Homeसमाचारस्थानियशिवम बचतको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

शिवम बचतको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

- Advertisement -spot_img

वीरगंज, १३ पुष ।
शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सहकारीहरुले आर्थिक पारदर्शीतालाई ध्यान दिँदै बचत तथा लगानी गर्नु पर्नेमा जोड दिए । उहाँले संचालकले पैसा जम्मा गरेर आफू अनुकुल प्रयोग गर्ने मात्रै नभई सेयर सदस्यको हितमा काम गर्ने दायित्व पनि सहकारीको भएको बताउनु भयो ।
मेयर सिंहले सहकारीलाई आर्थिक संकलनका लागि मात्रै नलिई सेवा भावका लागि पनि विकास गर्न सकिए मात्रै वास्तविक सहकारीको अवधारणाले मूर्त रुप लिने बताउदै केही सहकारीको बदमासीले समग्र सहकारी माथि प्रश्न उठेको भन्दै अब सहकारी संचालकहहरु आफैँले पनि सहकारीलाई व्यवस्थित गर्न कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
सहकारीका अध्यक्ष शिवजी साह कलवारले संस्थाका १२ औँ साधारण सभाका अवसरमा स्वागत मन्तव्य दिँदै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उनले सहकारी संस्थामा आउने उतारचढाव प्रति आफुहरु सजग रहेको बताउँदै सञ्चालक र कर्मचारी बिचको असमञ्जस्यताका कारण नै सहकारीहरुको अवस्था बिग्रिदै गएको स्पष्ट पार्नुभयो ।
कर्मचारीहरुले नियमानुसार काम गर्ने र सञ्चालकहरुले संस्थाको सम्पतीलाई नियमानुसार परिचालन गरेमा संस्थाको बित्तिय अवस्था खराब नहुने भन्दै आफ्नो सहकारी संस्थाले विगत ४ वर्षदेखि प्रतिबद्धता गरे बमोजिम १८ प्रतिशत लाभांस वितरण गर्दै आएको र बचतकर्ताको हितमा काम गर्दै आएको दावी समेत  गरेका छन ।
साधारण सभाको उद्घाटन सत्रमा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेश पण्डित, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका उपाध्यक्ष युवराज खड्का, कलवार कल्याण समितिका अध्यक्ष ईन्द्रदेव प्रसाद साह, राष्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान सञ्चालक शम्भु प्रसाद गुप्ता, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष नगनारायण सिंह लगायतले सम्बोधन गरेका थिए ।
लामो समयदेखि यस संस्थासँग कारोवार गर्दै आएको ज्येष्ठ सदस्य रञ्जित कुमार बनर्जीलाई सम्मानित गरिएको थियो । साधारण सभाको सहजीकरण सहकारी संस्थाको ऋण विभागका प्रमुख धर्मेन्द्र कुमार जैसवालले गरेका थिए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here