पर्सा निर्वाचन क्षेत्र नम्बर २ “ख” को प्रदेशसभा मा लोसपाका उम्मेदवार रमेश पटेलले आफ्नो जित सुनिश्चित रहेको दाबी ।

0
26

बिरगंज, २५ कार्तिक                                    पर्सा निर्वाचन क्षेत्र नम्बर २ “ख” को प्रदेशसभा का बाम लोकतान्त्रिक गठबन्धन लोसपाका उम्मेदवार रमेश पटेलले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन ।
आफ्नो प्रदेशसभा निर्वाचन क्षेत्रका विभिन्न वार्डमा घरदैलो एवं चुनावी गतिविधि संचालन गरि सकेका पटेलले पत्रकारहरु संग संक्षिप्त्त प्रतिक्रिया दिदै जित सुनिश्चितताको दाबी गर्नु भएको हो ।
वहाँलेले आफू यस क्षेत्रमा निर्वाचित भएयता व्यापक बिकास गरेकोले क्षेत्रमा पुनः बिकासकै एजेन्डा लिएर जादा ब्यापक जनसमर्थन पाउनु नै मेरो जित सुनिश्चितताको आधार हो बताउनु भयो ।
नेता पटेलले ओलिको प्रतिगामी कदम विरुद्ध संविधान र लोकतन्त्र रक्षाका निम्ति पबित्र मनसायका बनेको बामलोकतान्त्रिक गठबन्धन प्रति पनि जनताको पुर्ण बिश्वास रहेकोले मेरो जितमा कुनै शंका नरहेको समेत दाबी गर्नु भयो ।
पत्रकारहरुको एक जिज्ञासामा नेता पटेलले कुनै पनि उम्मेदवार संग मेरो प्रतिस्पर्धा नरहेको अर्थात नकोही दायाँ नकोही बायाँ रहेको दाबी गर्दै हाम्रो यस क्षेत्रमा गठबन्धनमा गडबडि नरेहेको एक अर्का प्रती सबै ईमानदार रहेकोमा पुर्ण बिश्वस्त छु भन्नू भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here