34.6 C
Birgunj
Homeसमाचारस्थानियबाराको प्रस्टोका बेलहियामा एकै परिवारका तिनजनाको हत्या ।

बाराको प्रस्टोका बेलहियामा एकै परिवारका तिनजनाको हत्या ।

- Advertisement -spot_img

वीरगञ्ज, २६ असोज ।

बारा को प्रसौनी गाउँपालिका वडा नम्बर ५ को बेलहिया प्रस्टोकामा २५ गते मंगलबार आफनै परिवारको ३ जनाको हत्या भएको छ । प्रस्टोका बेलहिया ५ मा बस्ने अनर्जित चौधरी का छोरा बर्ष ३१ को दिपेन्द्र चौधरी ले आफनो श्रीमती बर्ष २५ कि सुजता चौधरी छोरी ४ बर्षकी ताहिरा चौधरी छोरा १७ महिनाको राजवीर चौधरीको हत्या गरेका छन । उनीहरुको शव बुधबार दिउँसो २ बजे तिर प्रस्टोका गाँउ भन्दा २ किलोमिटर टाँढा रहेको ढोडा खोलाको किनारमा खोज तलास गर्दा फालिएको अवस्थामा प्रहरी लाई भेटिएको छ । धारिलो हतियार ले आमा र दुइ छोराछोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमती र छोराछोरीको हत्या गरि साईकल लि फरार भएका दिपेन्द्र चौधरी ले पछी आफू पनि आत्महत्या गर्नखोजे पछी घाईते भैई नारायणी उप क्षेत्रीय अस्पताल मा उपचारगराउन गएका चौधरी लाई पछी त्याहा उपचार सम्भव न भएपछि उनको आफन्त ले बाराको परवानीपुर ५ नौतन मा रहेको एल.एस. न्युरो एन्ड जेनरल हस्पिटल मा आईसियु कक्षमा उपचार गराई रहेको अवस्था मा प्रहरीले घाइतेलाई फेला पारेको तथा प्रहरीकै निगरानीमा उपचार भइरहेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।
तीनै जनाको विभत्स तरिकाले हत्या गरि शव फालिएको अवस्थामा भेटिएको प्रहरी उपरिक्षक बोगटीले बताए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here