34.6 C
Birgunj
Homeसमाचारस्थानिय१६ थान मोवाईल फेला पारी प्रनि मिश्रले मोबाइलधनीलाई बुझाए

१६ थान मोवाईल फेला पारी प्रनि मिश्रले मोबाइलधनीलाई बुझाए

- Advertisement -spot_img

गौशाला (महोत्तरी), ११ असोज / ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले १६ थान मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रको सक्रियातामा विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोबाइलहरु फेला पारि सम्बन्धित मोबाइलधनीलाई बुझाइएको हो ।
मोबाइल फोन हराएको प्राप्त निवेदनको आधारमा इप्रका गौशालाले खोजतलास गरि सम्बन्धित मोबाइलधनीलाई बुझाएपछि मोबाइल फोन पाउनेहरु खुशी भएका छन् । मोबाइल फोन हराएपछि पाउने आश मेटाएका मोबाइलधनीहरु मोबाइल पाएपछि खुशी भएका हुन् । बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट हराएको विभिन्न कम्पनीका महङ्गो मोवाईल स्मार्ट फोनहरु फेला पारेर सम्बन्धित मोबाइल धनीलाई बुझाइएको इप्रका गौशालाका प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।
मोहत्तरी सहित पर्सा, बारा, सर्लाही, जनकपुर लगायतका जिल्लामा चलाईरहेको अवस्थामा हराएको स्मार्ट फोनहरु फेला परेको प्रहरी निरीक्षक मिश्रको भनाई छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here