मुक्तिनाथ विकास बैंकको ठगी धन्धा : ऋणिलाई जानकारी विना बढि व्याजदर असुली गरेको तथ्य फेला

0
130

पर्सा, बिरगंज २ साउन ।
वीरगन्ज स्थित मुक्तिनाथ विकास बैंकले ऋणिको सहमति बिना व्याजदर बढाएर पैसा असुलेको रहस्य खुलेको छ । वीरगन्ज घण्टाघर स्थित रहेको मुक्तिनाथ विकास बैंकबाट ऋण लिँदा १३ प्रतिशत व्याजदरमा कर्जा लिएकोमा सधैं ब्याजदर बुझ्दै आएको उक्त बैंकले २०७७/०७८ को वैशाखदेखि असार मसान्तमा ३ महिनाको व्याज ०.८७ प्रतिशत बढि असुलेको ऋणिले गुनासो पोखेका छन् ।
ऋण दिने बेलामा विभिन्न सहुलियत देखाई ऋण दिने र सम्झौता पनि गर्ने तर आफैले गरेको सम्झौतालाई लत्याउँदै बैंकले एकतर्फि मुनाफा कमाउन आफ्नो मनोमानी रुपमा व्याजदर बढाउने गरेको आरोप लागेको छ । शुन्य दशमलव ८७ प्रतिशत ब्याजदर हेर्नमा कम देख्न सक्ला तर करोडौं कर्जा लिएका ऋणिहरुको लागि त्यही प्रतिशत ३ महिनाको अवधिमा ६०/७० हजार रुपैया बढि हुने गरेको छ ।
वीरगन्ज घण्टाघर स्थित मुक्तिनाथ विकास बैंकबाट विगत ४ वर्ष अगाडि श्री लक्ष्मी मोटर्स प्रा.लि.ले १ करोड ५० लाख रुपैया ऋण लिएकोमा सधै व्याजदर तिर्दै आएकोमा यस तीन महिनाको अवधिमा व्याजदर बढाई ७० हजार रुपैया बढि असुलेको लक्ष्मी मोटर्स प्रा.लि.का संचालक अरुण कुशवाहाले जानकारी दिएका छन् । उनका अनुसार आफूले सानीमा बैंकबाट ऋण लिई व्यापार संचालन गर्दै आएकोमा मुक्तिनाथ विकास बैंकका कर्मचारीले विभिन्न प्रकारका प्रलोभन देखाई आफ्नो बैंकमा कारोबार गर्न ल्याएका थिए ।
सो बखत मुक्तिनाथ विकास बैंकले तीन चक्के टेम्पो आयातमा गाडी क्रेताहरुलाई ऋण सुविधा उपलब्ध गराउने, कम व्याजदर लिने, नेपालभरिका जिल्लाहरुमा गाडी विक्री गर्दा फाइनान्सको व्यवस्था गरिदिने जस्ता सुविधाहरु दिने प्रलोभन देखाएर कुशवाहालाई सानीमा बैंक छाडेर मुक्तिनाथ विकास बैंकसँग कारोबार गर्ने सम्झौता गरेका थिए । जब कुशवाहा मुक्तिनाथ विकास बैंकमा कारोबार गर्न आएपछि सम्झौता अनुसारको कुनैपनि सहुलियत प्रदान नगरि उल्टै व्यापारीलाई पेल्दै आएको कुशवाहाले गुनासो पोखेका छन् ।
यसरी बैंकले एकलौटी नाफा कमाउनका लागि व्यापारीलाई जानकारी विना नै व्याजदर बढाएपछि उक्त बैंकको कार्यप्रति शंका उब्जिएको छ । विगतको कोरोना संक्रमणको बेला नेपाल राष्ट्र बैंकले अति प्रभावित क्षेत्रलाई सुविधा दिएको अवस्थामा एक वर्ष सुविधा दिएको तर राष्ट्र बैंकले पुनः रिफाइनान्स गर्न सुविधा दिदाँ यस बैंकले ऋणिहरुको नाम राष्ट्र बैंकलाई नपाएर व्याजमाथि व्याज असुलेको कुशवाहाले आरोप लगाए ।
हाल नेपाल सरकारले तीनचक्के सवारी साधन आयातमा प्रतिबन्ध लगाएपछि बैंकले कर्जा असुली गर्न विभिन्न प्रकारका दबाब दिनुका साथै ऋणिलाई जानकारी नै नदिई बढि व्याजदरमा रकम असुलेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here