चर्काे शूल्कलिराखेको विरुद्धमा आज वीरगञ्जमा अभिभावक संघर्ष समिति को सिठी जुलुश ।

0
33

वीरगञ्ज, २३ असार ।

अभिभावक संघर्ष समिति पर्साले बिरगंज ले बिहिवार वीरगञ्जमा सिठी जुलुश निकालेका हो । वीरगञ्जको घण्टाघरदेखि बिरोध स्वरुप शुरुभएको सिठी जुलुश बिरगंज को विभिन्न भग को परिक्रमा गरि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

अभिभावक संघर्ष समिति पर्साका संयोजक सन्दिप साहको नेतृत्वमा १०० भन्दा बढी अभिभावकहरुको उपस्थिति मा निस्किएको सिठी जुलुशमा सहभागी सबै अभिभावकहरुले निजी विद्यालयहरुको मनपरी शूल्कको विरुद्धमा नाराबाजी गर्दै सिठी फुकेर बिरोधि गरेका थिए । बिरगंज रहेको विद्यालयको मनोमानी शूल्क लिन पाईँदैन, स्कुल ड्रेस तथा पुस्तकहरुमा लिने कमिशनहरु खारेजगरि धरौटी शूल्कको अन्त्य हटाउन लगायतको नारा अभिभावकहरुले लगाएका थिए ।

घन्टा घर अगाडी भएको कोणसभालाई सम्बोधन गर्ने अभिभावकहरुले निश्चित मापदण्डका आधारमा शूल्क निर्धारण गरेर लिने बताएका थिए । शिक्षाको मन्दिर भनेर भनिने बिधालयहरुमा अभिभावकहरुलाई विभिन्न शुल्क को बहानामा ठगि भएको हुँदा व्यापारीकरण गर्न नहुने भन्दै विद्यालयमाहरुमा हुने भ्रष्टाचारको अन्त्य गरेर बिध्या आर्जनको मन्दिर बनाउनुपर्ने अभिभावकहरुको भनाई रहेको थियोे ।

अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दिप साहको अध्यक्षतामा भएको सिठी जुलुशमा संघर्ष समितिक उपाध्यक्ष लक्ष्मण साह, सचिव धर्मेन्द्र पासवानसहितका समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दिप साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here