34.6 C
Birgunj
Homeसमाचारस्थानियबारामा शुक्रबार दिउँसो चट्याङग लागेर एकजना को मृत्यु

बारामा शुक्रबार दिउँसो चट्याङग लागेर एकजना को मृत्यु

- Advertisement -spot_img

बारा असार १७ ।बारामा शुक्रबार दिउँसो चट्याङले लागेर एकजना को मृत्यु भएको छ । चट्याङग लागेर एकजना बालिकासहित दुईजना घाइते  भएका थिए ।    चट्याङग लागेर  मृत्यु हुनेमा सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुलवाका २० वर्षीय धीरज प्रसाद यादव रहेका छन् ।

शुक्रबार दिउँसो आफ्नै खेतमा काम गरिरहेका बेला चट्याङग खसेको र चट्याङग लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो । त्यहि ठाउँमा चट्याङग लागेर सनफुलवाकै २८ वर्षीय नेतालाल पंडित र भरोस यादवकी छोरी ८ वर्षीया कुमारी यादव घाइते भएका छन् ।

घाइते दुवैजनाको स्थानीय मेडिकलमा उपचार गरिएको र दुवैजनाको अवस्था समान्य रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here