34.6 C
Birgunj
Homeसमाचारस्थानियअन्तर्राष्ट्रिय नारी दिवसको अवसर मा वीरगंजमा १५ जना सम्मानित

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर मा वीरगंजमा १५ जना सम्मानित

- Advertisement -spot_img

वीरगञ्ज, २४ फागुन ।
‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवस वीरगंजमा पनि मनाइएको छ ।

मातेश्वरी टुर्स एण्ड ट्राभल्स प्रा.लि. ले बीरगंजमा आयोजना गरेको कार्यक्रममा शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रबाट समाजमा योगदान दिएका महिलाहरुलाई सम्मान पत्र मार्फत सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले महिलाहरु आत्मनिर्भर भएमा मात्रै सशक्त हुने बताउँदै महिलाहरु आत्मनिर्भर भएर आयआर्जन गर्न सकेमा कसैले हेप्न नसक्ने बताउनु भयो । वहाँले विगतमा १ जना महिला हुने उद्योग वाणिज्य संघमा कम्तिमा २० जना महिलाहरुलाई सहभागी बनाएर उद्यमशिलतातर्फ उन्मुख गराएको बताउनु भयो । अध्यक्ष डा. गुप्ताले आगामी दिनमा महिला उत्थान एवम् महिला सशक्तिकरणका लागि विभिन्न प्रशिक्षण तथा तालिमहरुको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगंज महानगर समितीका अध्यक्ष ओमप्रकाश सर्राफले महिलाहरुको हक अधिकार प्रत्याभुतीका लागि आफै आवाज उठाउनुपर्नेमा जोड दिनु भयो । सबलता र सक्षमता भएमा समानता स्वतः हुने र यसले समाज परिवर्तनमा पनि योगदान पुग्ने सर्राफले बताउनु भयो ।
वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले युवाहरुले पनि महिला हिंसा जस्ता कुरितिहरुको विरुद्धमा आवाज उठाउनु पर्ने भन्दै महिलाहरु शिक्षित भए घर, समाज र राष्ट्र नै शिक्षित हुने र शिक्षाले शान्त र न्यायपुर्ण वातावरण निर्माण हुने बताउनु भयो । समाजसेवी एवम् ब्युटिसियन गुड्डी जोशीले महिलाहरुको सहभागिता राज्यका हरेक निकायमा हुनुपर्ने बताउँदै  आरक्षणको व्यवस्था पुर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने र ३३ प्रतिशतलाई बढाएर ५० प्रतिशत बनाउने लडाई जारी नै रहेको  बताउनु भयो ।
प्रा.ली.की प्रबन्ध निर्देशक दिपिका कार्कीको सभापतित्वमा भएको कार्यक्रममा बिबिसी नेपाली सेवाकी पर्सा जिल्ला संवाददाता एवम् सामुायिक रेडियो नारायणी एफ एम की समाचार प्रमुख माधुरी महतो, युवा कवियत्री प्रिया मिश्रा, समाजसेवी उशा शाह, सानो पाइला बचत तथा ऋण सहकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातुन, ब्युटिसियन गुड्डी जोशी, शिक्षिकाद्वय किरण बाला र शान्ति केसी, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरकी लालुमाया महतो, डा. मधु रौनियार, महिला उद्यमी एवम् बुमेन स्किल सेन्टरकी प्रमुख चञ्चला दास, स्टाफ नर्स मनिषा पाण्डे लगायत १५ जनालाई सम्मान गरिएको हो ।
आ-आफ्नो क्षेत्रबाट समाजमा योगदान दिएका महिलाहरुलाई थप जिम्मेवार बनाउन प्रोत्साहन गर्ने अभिप्रायले सम्मान कार्यक्रम आयोजना गरिएको प्रा.ली.की प्रबन्ध निर्देशक दिपिका कार्कीले बताउनु भयो । कार्यक्रममा ट्रेकिङ्ग एजेन्सी एशोसियसन अप नेपाल (टान) का केन्द्रिय अध्यक्ष खुम बहादुर सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै पर्यटकिय सम्भावना र पर्यटन क्षेत्रमा महिला सहभागिताका विषयमा चर्चा गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण वि.क. (शुभचिन्तक) ले गरेका थिए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here