34.6 C
Birgunj
Homeसमाचारस्थानियनेकपा एकीकृत समाजबादी पर्साले निर्वाचनलाई मध्यनजर गर्दैसंगठन बिस्तार ।

नेकपा एकीकृत समाजबादी पर्साले निर्वाचनलाई मध्यनजर गर्दैसंगठन बिस्तार ।

- Advertisement -spot_img

बिरगंज, ८ फाल्गुन     ।                                     नेकपा एकीकृत समाजबादी पर्साले आफ्नो संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ ।
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सो पार्टीले संगठन बिस्तार एवं निर्वाचन केन्द्रीत अभियानलाई तिब्रता दिएको हो।
सोही अभियान अनुसार पार्टीको पटेरवा सुगौली गाउँ कमिटी भेला एवं कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न भेलाले मधु चौधरीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा अन्नपूर्णा चौधरी , सचीवमा प्रमोद कुमार भणडारि , सह -सचीवमा बिश्वजित राउत , सदस्यमा देबेन्द्र प्रसाद दास र सदस्यहरुमा क्रमश सम्भु साह , अबदुल मिया , सन्जय महतो , सत्यनारायण साह , आशा माझी , सुबा माझी , बादल बन्ठा , पुष्पा देबि , बिरेन्द्र राम र इश्वर राम रहनु भएको छ ।
बिश्वनाथ दासको अध्यक्षतामा आयोजित भेलामा नेकपा एकीकृत समाजबादीका पोलिट बिउरो सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह , केन्द्रिय बुद्धिजिबि परिषदका सदस्य प्रेम पन्जियार , लेखा समिति सदस्य किशोरी कुश्वाहा , जिकस उमेश ठाकुर , अमरदेव पासवान लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
त्यस्तै बिरगंज माहानगर पालिका वार्ड न -३२ को वार्ड भेला सम्पन्न भएको छ ।
पार्टीको वार्ड कमिटी अध्यक्ष जगदीश राउतको अध्यक्षतामा आयोजित भेलामा पार्टीका बिरगंज माहानगर कमिटी अध्यक्ष मनोज चौधरी , उपाध्यक्ष मन्जुर आलम , सचिव बृजलाल पासवान लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै बिरगंज माहानगर पालिका वार्ड न : ११ मा राजेश्वर साह कानुको अध्यक्षतामा १८ सदस्यीय वार्ड कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा नबिरसुल अन्सारी , सचीवमा सुशील साह र सदस्यहरुमा राजदेव राम , बिरान साह लगाएत रहनु भएको छ ।
त्यसतै आजै पकहामैनपुर गाउँ पालिका कमिटीको बैठक अध्यक्ष मदन हजराको अध्यक्षतामा बसि सम्पन्न भएको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here