एमसीसी पेश गर्ने तयारी सभामुखले प्रस्तुत गर्ने दिए अनुमति

0
28

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अमेरिकी सहायता परियोजना एमसीसी अगाडि बढाउन तयार भएका छन् । सभामुख सापकोटाले एमसीसीमा आफू बाधक नबन्ने बताएसँगै सरकारले आगामी फागुन ४ गतेको संसद बैठकमा एमसीसी पेश गर्ने भएको छ ।

सभामुख सापकोटामा सहमतिमा सरकारले पर्सी बस्ने बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूबाट प्रस्ताव पेश गर्नेछ । सोमबार बसेको सर्वदलीय बैठकपछि सभामुख एमसीसी अघि बढाउन तयार भएका हुन् । उनले एमसीसीमा दलहरु निर्णायक रहेको भन्दै आफू अम्पायर मात्रै भएको बताए ।

‘सभामुखको हैसियतमा मैले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नुपर्ने हुन्छ । एमसीसीको विषयमा म अम्पायर न हुँ निर्णायक भूमिका त दलहरूको हुन्छ,’ उनले बैठकपछि भने । सभामुखले आफू रेफ्रीको भूमिकामा रहेको बताएका हुन् । एमसीसीमा खुला हिसाबले सघाउने उनको संकेत थियो । ‘म अलि ओपन माइन्डको छु । मैले सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु, किनभने म वर्तमानमा सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ’ उनले भने ।

बैठकमा सहभागी नेताहरुकाअनुसार सभामुख सापकोटा अब एमसीसी रोक्ने पक्षमा छैनन् । उनले आफ्नै मुखबाट बाधक नबन्ने संकेत गरिसकेका छन् । सभामुखको धारणापछि सरकार एमसीसी टेबुल गर्ने गृहकार्यमा लागेको एक मन्त्रीले बताए ।

एमसीसी अघि बढाउने विषयमा गत शनिबार प्रचण्ड र माधव नेपाल सहमत भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग लगाउनुपर्ने शर्तमा बालुवाटारमा उनीहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी पारित गर्न सघाउन तयार भएका हुन् । प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता भएपछि प्रचण्ड र माधवसँगै सभामुख पनि तयार भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here