34.6 C
Birgunj
Homeसमाचारस्थानियप्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे मिलाेमताेमा कर्मचारी न्युक्ति

प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे मिलाेमताेमा कर्मचारी न्युक्ति

- Advertisement -spot_img

वीरगंज, ३ फागुन ।

पर्साकाे कालिकामाई गाउँपालिकामा भागबान्डाकाे आधारमा करारमा कर्मचारी न्युक्ति भएकाे पाइएकाे छ । जनप्रतिनिधिहररुले प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे मिलाेमताेमा कर्मचारी न्युक्तिमा भागबन्डा लगाएका हुन् ।

गाउँपालिकाले साेमबार कारारमा ना.प्र.स (कृषी)  २ जना, सहायक कम्प्यूटर अपरेटर  ५ जना, अ.न.मी. २ जना र ल्याब  असिटेन्ट २ जना न्युक्त गरेकाे छ । स्थानिय तहकाे निर्वाचन घाेषणा भएपछि चुनाव केन्द्रित जनप्रतिनिहरुले भागबन्डाकाे आधारमा कर्मचारी न्युक्ति गरेपछि याेग्य उम्मेदवारहरु मार्कामा परेका छन् ।

याेग्यताकाे आधारमा न्युक्त गर्नु पर्ने कर्मचारी भागबन्डाकाे आधारमा न्युक्त भएपछि याेग्य र दक्ष उम्मेदवारहरु मर्कामा परेकाे स्थानिय बुद्धिजिविहरुले वताएका छन् । जनप्रतिनिधिहरुले भागबन्डाकाे आधारमा प्रमुख प्रशासकिय अधिकृत साहकाे मिलाेमताेमा कर्मचारी न्युक्त गरेपछि याेग्य उम्मेदवार पिडित भएका छन् ।

गाउँपालिकाले करारमा विभिन्न पदमा एक दर्जन कर्मचारी न्युक्तिकाे लागि मंसिर ६ गते नै दरखास्त आवहान गरेपनि भागबन्डा मिल्न नसकेपछि ३ मिनापछि मात्र फागुन २ गते परिक्रिया पुर्‍याएर कर्मचारी न्युक्ति गरेकाे हाे ।

भागबन्डाकाे आधारमा कर्मचारी न्युक्त भएपछि कालिकामाई गाउँपालिकामा नाम मात्रकाे दरखास्त आवहान गरिएकाे स्थानिय पवन पटेलले वताए । उनले समाजिक संजाल आफ्नाे फेसबुक वालमा कालिकामाई गा.पा. दरखास्त आवहान गरिएकाे थियाे, त्याे नाम मात्रकाे थियाे । परिक्रिया पुर्‍याउन मात्र लिखित परिक्षा र अन्तर्वाता संचालन गरिएकाे थियाे । सबै कुरा पहिला नै सेटिङ थियाे की कस कसकाे गर्ने हाे भने विनाकामकाे किन भाेलाभाला जन्तालाई मुर्ख बनाउनु भयाे ? भने प्रश्न गर्दै आक्राेश पाेखेका छन् ।

पवन जस्ताे धेरै जनाले कर्मचारी न्युक्ति बारे समाजिक संजालमा लेख्दै गाउँपालिका प्रति आक्राेश पाेखेका छन् । उनीहरुले जनप्रतिनिहरुले पावरकाे दुरुपयाेग गर्दै आफ्नाे आसेपासेलाई कर्मचारी न्युक्त गरि भाेटकाे राजनितिक गरेकाे आराेप समेत लगाएका छन् ।

कर्मचारी भर्ना समितिका संयाेजक समेत रहेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत साहकाे भागमा परेकाे कर्मचारी न्युक्ती पैसा लिएर समेत उनले गरेकाे समाचार स्राेतले जनाएकाे छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here