34.6 C
Birgunj
Homeसमाचारप्रधानन्यायाधीशको महाभियोगबारे देउवाका ज्योतिषीको कडा भविष्यवाणी : सत्ता गठबन्धनमा झट्का

प्रधानन्यायाधीशको महाभियोगबारे देउवाका ज्योतिषीको कडा भविष्यवाणी : सत्ता गठबन्धनमा झट्का

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णय सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् ।

महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भी असर पर्नसक्ने योग निर्माण भएको ज्योतिषी रिजालले जानकारी दिएका छन् ।

‘जबरालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ,’ रिजालले भनेका छन् ।

प्रधानन्यायाधीश राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनको भनाइ छ । सत्ता पक्षलाई ६० दिन खड्गो छ भनेर माघ १८ गते नै जानकारी गराई सकेको रिजालले उल्लेख गरेका छन् ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here