34.6 C
Birgunj
Homeसमाचारप्रदेशदेउवा, प्रचण्ड र नेपालबीच बिशेष त्रिपक्षीय र्वाता

देउवा, प्रचण्ड र नेपालबीच बिशेष त्रिपक्षीय र्वाता

- Advertisement -spot_img

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद बैठक फागुन ४ गतेका लागि राख्न प्रस्ताव  गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटर्वाताका क्रममा दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सो भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा तीनै शीर्ष नेताबीच छलफल भएको छ ।

यस्तै उनीहरुबीच प्रमुख विपक्ष नेकपा एमालेका कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको छ ।

छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको हो । एसीपी न्यूज

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here