मन्त्री भएका बेला देशलाई कंगाल बनाउने भीम रावलका यी हुन् काण्डै काण्ड, जो बनाउन होइन भाड्न उद्धत छन्

0
25

काठमाडौं । कुनै बेला नेपाल एअरलाइनको जहाजले सीधै लन्डन र फ्रैंकफर्ट उडान भथ्र्यो । त्यस जहाजका स्थाई रूपमा बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकका लागि २५ सिट बुक थियो । जहाजमा सबै जनाले यात्रा गरे पनि वा नगरे पनि सबै सिटको भाडा नेबानिले पाउँथ्यो । सबै सिटको आम्दानी खर्च बराबरी हुनेगथ्र्यो । बाँकी यात्रुबाट उठेको रकम ठाडै नाफा हात लाग्थ्यो ।

ठिक त्यहीबेला एकजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आए । जुन अहिले नेकपा एमालेका अध्यक्ष केपी ओली विरोधी विद्रोही नेताका रुपमा चिनिन्छन् । उनै मन्त्रीले उडान नै क्यान्सिल गरिदिए । नेबानिको उडान बन्द भएपछि बेलायती सेनाबाट प्राप्त हुने त्यो नाफा कतारको पोल्टामा गयो । ति स्वाघोषित राष्ट्रवादी नेता हुन एमाले नेता भीमबहादुर रावल ।

रावलले कतारलाई बिना रोयल्टी दोहा – काठमाडौ – क्वालालम्पुर उडानको स्वीकृति दिए । काठमाडौलाई ‘फ्री हब’ बनाउन दिइयो । जबकी ४० बर्ष अघि थाइ एरवेजले बैंकक– काठमाडौ– कलकत्ता रुटमा कलकत्ताको पेसेन्जर पिक अप र ड्रप अप गरे बापत नेपाल एअरलाइन्सलाई २५ डलर प्रति यात्रु तिथ्र्यो ।

उनै तत्कालिन पर्यटन मन्त्री रावलले नेपालको बेलायत स्थित राजदूतावास (साउथ एसियाकै पहिलो दुतावास) को महंगो घर लक्ष्मी मित्तललाई कौडीको भाऊमा बेच्ने कोसिस गरेका थिए ।

जुन लन्डनको प्राइम लोकेशनमा छ । जुन तत्कालिन राजमो सांसद रहेका लेखा समितिका सभापती परी थापाले हस्तक्षेप गरेका कारण जोगियो । यति मात्र होइन, उनै मन्त्रीले चीनको साउदर्न चाइनाको जहाज लिजमा ल्याए ।

सामान्यतया जहाज भाडामा लिँदा उडान घण्टाका दरले भाडा तिरिन्छ । तर साउदर्न चाइनालाई निष्कृय समय (आइडल आवर) को भाडा तिर्ने प्रपंच मिलाइयो । स्मरणीय छ आजभोलि उनै मन्त्री आजभोली पानीमाथिको ओवानो बनेर घोर ‘स्वाभिमानी’ ‘राष्ट्रबादी’ र ‘स्वच्छ’ कहलिन खोजेका छन् । ति काण्डमा राम्रो शुभलाभ गरेको चर्चा अझै सेलाएको छैन । उनै मन्त्रीले यूएन का दुईवटा गाडी बेचेर खाएको प्रसङ्गसमेत ताजै छ ।

पछिल्लो समय ति वरिष्ठका महानुभावको जर्मनीमा कुमार पन्त नाम गरेका ब्यक्तिसंगको साझेदारीमा होटेल चेन खुलेको बुझिएको छ । ‘लक्जरीयस’ होटलको बिषयमा एमालिभत्रै चर्चाको बिषय बनेको छ । ति नेतामाथि प्रचण्डर ओली नेतृत्वको नेकपामा स्थायी कमिटी सदस्य रहेका बेला ३० लाख रुपैयाँ हिनामिना गरेको गंभिर आरोपसमेत लागेको थियो ।

त्यतिबेला उनी सुदूरपश्चि प्रदेश इन्चार्ज थिए । त्यो संगिन आरोप ओली समूहले लगाएको थियो । उक्त पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ स्वाहा पारेको भन्दै पार्टी हेडक्वाटरमा उजुरीसमेत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here