तराई मधेशमा काग्रेसको लहर: ल्यायो फरक योजना

0
25

काठमाडौं । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै सत्तारुढ नेपाली कांग्रेसले आक्रामक तयारी थालेको छ । कांग्रेसले पहिलो टार्गेट मधेस प्रदेशलाई बनाएको छ ।

मधेस प्रदेशमा कांग्रेसको प्रभावलाई पुनर्जागृत गराउने र नयाँ जागरण ल्याउनेगरी विशेष अभियान लिएर जाने भएको हो । विगतमा केन्द्रीय नेता खटाएर हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण अभियान सञ्चालन गरेको अनुभवलाई कांग्रेसले आसन्न चुनावमा प्रयोग गर्न लागेको हो । त्यसको सुरुवात मधेस प्रदेशबाट हुन लागेको कांग्रेसका पदाधिकारी बताउँछन् ।

मंगलबार बसेको पदाधिकारीको अनौपचारिक बैठक चुनाको तयारीअन्तर्गत विशेष अभियानबारे छलफल भएको नेताहरुले बताएका छन् । अब बिहीबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष अभियानलाई मूर्त रुप दिने तयारी छ । स्थानीय तहदेखि संघीय संसदको निर्वाचनलाई लक्षित गरेर संगठन निर्माणका लागि मधेश प्रदेशमा ‘विशेष अभियान’ तयारी गरिएको र निकट भविष्यमै देशव्यापी अभियानमा कांग्रेस अघि बढ्ने नेताहरु बताउँछन् ।

अभियानअन्तर्गत राजधानीबाट केन्द्रीय नेता खटिएर संगठन निर्माण तथा प्रशिक्षण दिनेछन् । वितेको तीन वर्षमा कम्युनिस्ट सरकारले गरेको वेथिति, कांग्रेसले थालेको प्रयासका बारेमा जनतामा जानकारी गराउने, कांग्रेस किन आवश्यक छ भनेर बुझाउने काम यो अभियानका क्रममा हुनेछ ।

फागुनबाट अभियानको सुरुवात गर्ने तयारी छ । सरकारले वैशाख ३० मा निर्वाचन घोषणा गरेसँगै पार्टीभित्र चुनावलाई लिएर उत्साह भरिएको समयमा अभियान सञ्चालन गरेर पार्टी पंक्तिलाई चलायनमान बनाउने प्रयत्न कांग्रेसले थाल्नु स्वागतयोग्य भएको कार्यकर्ता बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here