34.6 C
Birgunj
Homeसमाचारस्थानियएमसीसी सम्झौता पारित गर्ने विषय उत्कर्षमा पुगेका बेला बैठक स्थगित

एमसीसी सम्झौता पारित गर्ने विषय उत्कर्षमा पुगेका बेला बैठक स्थगित

- Advertisement -spot_img

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाएको बैठक मंगलबार राति स्थगित भएको हो ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने विषय उत्कर्षमा पुगेका बेला बैठक स्थगित भएको हो । संघीय संसद् सचिवालयले भने सूचना टाँसेर विशेष कारणले बस्न नसक्ने उल्लेख गरेको छ ।

सभामुख सापकोटाले अर्को बैठक फागुन २ गते दिउँसो १ बजे आह्वान गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । यसअघि पनि एमसीसी आउने भएपछि सापकोटाले १० दिनका लागि बैठक सारेका थिए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here