सात महिना पछि ओलि किन पुगे बालुवाटार

0
27

काठमाण्डौ । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज आइतवार दिउँसो बालुवाटार पुगेका हुन् ।

गएको असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेका थिए । त्यही दिन नै ओलीले बालुवाटार छाड्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल सुरु भएको छ । यही छलफलका लागि ओली बालुवाटार पुगेका हुन् ।

उहाँहरूबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थानीय तहको चुनाव र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ । यसअघि गएको पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएको थियो । उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा बालकोट पुगेको झन्डै एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार हुनुभएको हो । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन । साभार:एसीपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here