34.6 C
Birgunj
Homeसमाचारस्थानियबेइजिङ ओलम्पिकमा भारतको कुटनीतिक बहिष्कार

बेइजिङ ओलम्पिकमा भारतको कुटनीतिक बहिष्कार

- Advertisement -spot_img

भारतले चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीन(भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कुटनीतिक बहिष्कार गर्ने जनाएको हो ।

योसँगै आजबाट सुरु भएको विन्टर ओलम्पिकको उद्घाटन समारोह र समापन समारोहमा भारत सहभागी नहुने भएको छ ।

सन् २०२० जुनमा चीन(भारत सीमामा भएको सैन्य झडपमा घाइते भएका चिनियाँ सैनिकलाई चीनले ओलम्पिकका लागि टर्च बोक्ने व्यक्ति बनाएपछि भारतले दुवै समारोहमा सहभागी नहुने घोषणा गरेको थियो ।

चीन(भारत सीमानाका गलवानमा भएको उक्त झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त झडप चार दशकयताकै सबैभन्दा खतरनाक झडप भएको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले यस्तो विषयलाई राजनीतीकरण गर्नु खेदजनक भएको बताएका छन् ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here