४ बर्ष देखि फलामे साङ्लोमा पशु सरह बाधिएका बाराका जोगेस्वर ठाकुरको ८ महिनापछी पारिवारिक मिलन

0
105

 

बिरगंज , माघ १२ गते बुधबार ।

८ महिना पछी जोगेस्वर ठाकुरको पारिवारिक मिलन भएको छ ।
परिवार का सदस्यहरुले उनको  जीवन देखि  को आशा नै मारिसकेका थिए तर मानवसेवा आश्रमको माया र  प्रेमले ८ महिना पछी सुखद पारिवारिक पुर्न मिलन भएको छ ।

बारा जिल्ला कलैया बाड नम्बर १८ मोतिसर  गाउँमा  बिगत ४ बर्ष देखि फलामे साङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्थाबाट बितेको जेष्ठ महिनाको  ३१ गते जोगेस्वर ठाकुरलाई उद्दार गरि मानवसेवा आश्रम बिरगंज मा ल्याएको थियो ।
उदार गरि मानवसेवा आश्रममा ल्याएर औषधि उपचार स्याहार सुसार  माया र प्रेमले गर्दा ठाकुरको स्वस्थ स्थिती मा  सुधार भएपछि ठाकुरलाई उनको  परिवार सङ्ग्   पारिवारिक पुनर्मिलन  मानवसेवा आश्रमले गराएको छ  ।

मानसिक अवस्था ठिक बनाउन मा  अहम भूमिका   डाक्टर भरत कुमार गोईत  निर्वाह गर्नु भएको मानव सेवा आश्रमकि सानु गुरुङले जानकारी गराउनु भयो ।
अहिले मानवसेवा आश्रम बिरगंज शाखामा बिभिन्न उमेर समुहका पुरुष, महिला र बाबु नानी गरेर जम्मा ५९ जना रहेको र देशै भरि ७ प्रदेशको १६ जिल्ला मा  २५ वटा सेवा केन्द्र गरेर १६०० जना वृद्ध वृदा सानो  नानीहरुको खाना, नाना र छानाको प्रवन्ध गर्दै आइरहेको सानु गुरुङले आजतक दैनिक डट कम लाई  बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here