युवा संघ नेपाल ,पर्साको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम होटेल हिमालमा सप्पन्न भएको छ ।

0
35

बिरगंज २असोज सनिवार                                            युवा संघ नेपाल ,पर्साको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सप्पन्न भएको छ ।
बिरगंजको होटेल हिमालमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजबादी पर्साका अध्यक्ष बालगोपाल थपाले एमाले एक जना म , म भन्ने र उनको पछि बा , बा भन्दै चाकरी गर्नेहरुको पार्टीको रुपमा रुपान्तरण भए पछि बिद्रोह गर्दै नेकपा एकीकृत समाजबादी निर्माण भएको बताउनु भयो ।
अध्यक्ष थापाले एमाले पार्टी पुजीवादीहरुको नियन्त्रणमा गइसकेको हुनाले त्यस पार्टी बाट समाजबादी क्रान्ति सम्भव नरहेकोले सम्पुर्ण क्रान्तिकारीहरुलाइ एकीकृत समाजबादी पार्टीमा गोल्बन्द हुन अहवान समेत गरे ।
युवा संघ नेपाल , पर्साका अध्यक्ष भुपेन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजबादी पार्टीका बिरगंज माहानगर कमिटीका अध्यक्ष मनोज चौधरी , युवा संघ नेपालका सचीव अरुण यदाव , प्रदेश न.२ का अध्यक्ष अर्जुन सिंह , एकीकृत समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य बृजलाल पासवान , युवा संघ नेपालका सचिवालय सदस्य अनिल पटेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए भने स्वागत मन्तब्य युवा संघ बिरगंज माहानगर कमिटीका उमेश ठाकुर र संचालन सह – सचिव अकाश पटेल ले गरेका थिए । बिस्तारित बैठक बाट विभिन्न स्थानीय तहहरुको कर्यबिभाजन गरि सकिने युवा संघ नेपालका सचिवालय सदस्य बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here