34.6 C
Birgunj
Homeसमाचारनेपाल जेसिज ले कलैया सिटी जेसिज लाई दुई उत्कृष्ट अवार्ड बाट सम्मानित

नेपाल जेसिज ले कलैया सिटी जेसिज लाई दुई उत्कृष्ट अवार्ड बाट सम्मानित

- Advertisement -spot_img

बारा, २२ भदौ

नेपाल जेसिज ले कलैया सिटी जेसिज लाई कलैया सिटी जेसिज ले गरेको कार्य हरु को उच्च प्रसंसा गर्दै त्रैमासिक उत्कृष्ठ शाखा पुरस्कार र सर्वश्रेष्ठ अन्तर संगठन सहयोग पुरस्कार” best inter organization collaboration award” बाट सम्मानित गरेको छ। नेपाल जेसिज को आयोजना तथा पालुङ जेसिज को आतिथ्यतामा समपन्न क्षेत्र ख सम्मेलन मा कलैया सिटी जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी शम्भू कुमार गुप्ता लाई नेपाल जेसिज का राष्ट्रिय महासचिव जेशिआइ सिनेटर विकास मान्नधर र सम्मेलन सभापति एवम् नेपाल जेसिज का राष्ट्रिय कार्य करिनी उपाध्यक्ष जेसी भोजराज चापागाईं ज्यु ले अवार्ड प्रदान गरेका कुरा कलैया सिटी जेसिज को महासचिव जेसी पवन कुशवाहा ले जानकारी गराएका छन् ।

उक्त अवार्ड को लागि कलैया सिटी जेसिज का अध्यक्ष जेसी शम्भू गुप्ता ले नेपाल जेसिज का संपूर्ण पदाधिकारि ज्यूँ हरु प्रतिआभार प्रकट गरेका छन्। साथै यो सफलता आफ्नो मात्र नभई कलैया सिटी जेसिज का संपूर्ण पुर्ब अध्यक्ष ज्यु हरु र पदाधिकारि ज्यु हरु को सफलता भएको भनेका छन। पुरस्कार बाट सम्मानित हुँदा आफू मा अझैं ऊर्जा आएको बताएका छन्। र यसरी नै कलैया सिटी जेसिज जेसिज अभियानमा अझैं डटेर लाग्ने कुरा पनि अध्यक्ष गुप्ता ले व्यक्त गरेका छन्।

 

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here