वीरगंज उद्योग वाणिज्य संघले प्रचलित विधान बमोजिम थप समिति विस्तार गरेको छ । 

0
31

 

वीरगंज ३१ असार ।

संघ अन्तरगत गठित ग्रेटर वीरगंज समितिको संयोजकमा वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार टेमानीलाई मनोनयन गरेको छ । समिति विस्तार कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले संघद्वारा अघि सारिएको ग्रेटर वीरगंज अवधारणा बारे पूर्व अध्यक्ष टेमानी जानकार रहेकोले उक्त समितिको संयोजकमा वहाँलाई मनोनयन गरि अवधारणालाई पूरा गराउन सहज हुने बताउनुभयो । साथै ग्रेटर वीरगंज समितिको संयोजकमा टेमानीलाई मनोनयन गरिएकोले संघको समग्र उद्देश्य पूरा गर्नमा सहजता आउने विश्वास लिएको बताउनुभयो ।

ग्रेटर वीरगञ्ज समितिका संयोजक टेमानीले ग्रेटर वीरगंजको अवधारणालाई मूर्त रुप प्रदान गर्नको लागि स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा समेत निरन्तर संवाद र सहकार्य हुँदै आएको बताउनु भयो । वहाँले ग्रेटर वीरगंजको अवधारणा आफ्नो अध्यक्षीय कार्यकालमा शुरुवात भएकोले यसलाई घनिभूत रुपले अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा संघका उपाध्यक्ष हरि गौतम र महासचिव मनोजकुमार दासको समेत उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here