वडा नं. ११ श्रीपुर पूर्ण खोप घोषणा

0
40

 

बीरगन्ज, १३ असार ।
बीरगन्ज महानगरपालिकाको वडाहरु क्रमशः पूर्ण खोप वडा घोषणा हुुँदै गइरहेको छ । एकहप्ता भित्रमा वडा नम्बर ६, ८, १३, १४ र १५ पूर्ण खोप घोषणा भएको बीरगन्ज महानगरपालिकाले जनाएको छ ।
त्यसै गरी महानगरपालिकाले आईतबार वडा नं.– ११ श्रीपुरलाई पनि पूर्ण खोप वडा घोषणा गरेको छ । वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा नं.– ११ श्रीपुरलाई आईतबार पूर्ण खोप घोषणा गर्नुभएको हो ।
वडा नम्बर ११ का वडाध्यक्ष प्रदुम्न प्रसाद सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.– ११ का बालबालिकाहरुलाई दिईनुपर्ने १२ प्रकारका खोप पूर्णरुपमा दिई सकिएपछि पूर्ण खोप वडा घोषणा गरिएको वडाध्यक्ष सेढाईले ।
पूर्ण खोप वडा घोषणा गर्दै अब छिट्टै महानगरपालिकालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी गरिएको मेयर सरावगीले बताउनुभयो ।
पूर्ण खोप वडा घोषणा कार्यक्रममा वीरगंज महानगरपालिकाका स्वस्थ्य प्रमुख, नगर स्वास्थ्य केन्द्र रानिघाटका प्रमुख, वडासदस्य प्रयाग महतोे, मुस्तकिम हवारी, कुमारी देवी, मिना देवी राम, वडा कार्यालयका सहयोगी किसान महतो कहार, श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालय श्रीपुरका प्रधानायापक अनिल वर्मा लगायत अन्य वडा खोप समन्वय समितिका प्रतिनीधीहरुलाई मेयर सरावगीले दोसल्ला ओढाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्याक्रममा विभिन्न पार्टीका स्थानिय नेता, संञ्चार कर्मी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here