34.6 C
Birgunj
Homeसमाचारस्थानियहोटेल तथा पर्यटन व्यवसायी संघ पर्साद्वारा बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीलाई ज्ञापनपत्र

होटेल तथा पर्यटन व्यवसायी संघ पर्साद्वारा बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीलाई ज्ञापनपत्र

- Advertisement -spot_img

अजित कुमार भुजेल

बिरगंज , असार ०६ गते आइतबार ।

होटेल तथा पर्यटन व्यवसायी संघ पर्साले बिरगंज महानगर पालिकाका प्रमुख बिजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका पर्सा अध्यक्ष हरि पन्तको नेतुत्वमा गएको टोलिले आज नगर प्रमुख बिजय सरावगीको कार्यकक्षमा पुगि सो ज्ञापनपत्र बुझाएको हो ।

बिश्वव्यापी कोरोना महामारीको समयमा संक्रमण रोकथाम तथा नियन्त्रणको लागि २०७६ चैत्र ११ गतेदेखि पटकपटक बन्दाबन्दी र निषेधाज्ञा गरिएको र अन्य क्षेत्र खुल्ला भए पनि होटेल तथा पार्टी प्यालेस खुल्ला नहुदा र २०७७ असोज १ गते देखि आन्शिक रुपमा खोलेको तर बोर्डर नखुल्दा होटेल तथा पर्यटन व्यवसाय बन्दानन्दि कै अवस्थामा रहेकोमा फेरि दोस्रो लहरको कोब्बिड सुरु भए यता पुर्ण रुपमा बन्दै कै अवस्थामा रहेकोले होटेल व्यवसायीहरु भौतिक पुर्वधारमा भएको ऋणको व्याज , किस्ता भाडामा रहेका होटेलहरुको घरभाडा समेत तिर्न नसक्ने अवस्था रहेकोले बिरगंज महानगर पालिका भित्र रहेका सम्पुर्ण आवासिय होटेल तथा पार्टी प्यालेशले अर्जेको घरको घर कर , घर बहाल कर , होटेल व्यवसायक्क बार्षिक व्यवसायिक कर तथा सरसफाइ सुल्क एक आर्थिक बर्षका निम्ति पुर्ण रुपमा मिनाहा गर्न र होटेल तथा पर्यटन व्यवसायका सन्चालक तथा त्यस क्षेत्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई यथासिघ्र खोपको व्यवस्था गर्नु पर्ने माग सहितको ज्ञापनपत्र बुझाएको अध्यक्ष पन्तले जानकारी गराउनु भयो।

त्यसैगरि बिरगंजमा कोरोना संक्रमणको दर घटदै गएको र असार ७ गतेदेखि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्पुर्ण पसल खुल्ला हुने , सरकारी र प्राईभेट कार्यालयहरु खुल्ला हुने , दुई पाङ्ग्रे मोटरसाइकल चलाउन पाउने , बिवाह ब्रतबन्ध घर मै गर्न हुने र १५ जना र दुई सवारी साधन प्रयोग गर्न सक्ने तर स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दुरि कायम गरि आवस्यक पर्ने होटेल पनि खुल्ला गर्न पाउनु पर्ने माग सहितको डेलिगेसन लिएर पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र सहित जाने तयारी भैइ रहेको समेत अध्यक्ष पन्तले पर्सा पोस्टलाई बताउनु भयो ।

ज्ञापनपत्र बुझाउन जानु हुनेहरुमा होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका महासचिव माधव बस्नेत , सदस्य शेखर चौधरी , जगरनाथ कलवार , होटेल व्यवसायी तथा सामाजिक अभियन्ता दिलिप राज कार्की , पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शन्कर आचार्य , प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगर , सन्चारकर्मी सुरेश बिडारी लगायतकाको उपस्थिति रहेको थियो ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here