पत्रकार महासघ पर्साको आसन्न निर्वाचनमा प्रेस संगठन नेपाल पर्साको तर्फबाट राघव साहलाई अध्यक्ष पदको उमेदवार बनाउने बैठकको निर्णय ।

0
38

 

बिरगंज , फागुन २४ गते सोमबार ।

प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न भएको छ ।आज नेपाल पोस्ट दैनिकको कार्यालयमा प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा तथा प्रदेश न.२ का सह- संयोजक राघव साह र प्रदेश सचिव बृजलाल पासवानको विशेष उपस्थितिमा बैठक बसेको थियो ।
बैठकले नेपाल पत्रकार महासघ पर्साको आसन्न निर्वाचनमा जाने बिषयमा छलफल हुदा प्रेस संगठन नेपाल पर्साको तर्फबाट संगठनका प्रदेश न.२ का सह- सन्योजक राघव साहलाई अध्यक्ष पदमा उमेदवार बनाउने निर्णय गरेको हो।
त्यसै गरि अन्य पदको लागि अन्य पत्रकार संगठन सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगरले जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासघ पर्साको निर्वाचनको लागि अन्य पत्रकार संगठनहरुसङ्ग सहकार्य र संवाद गर्नको लागि संगठनका प्रदेश सचिव बृजलाल पासवानको संयोजकमा ५ सदस्यीय वार्ता तथा सहकार्यको लागि संवाद समिती समेत गठन गरेको छ । अन्य सदस्यहरुमा प्रदेश सचीव राघव साह , प्रदेश सदस्य तुलसी भन्डारी , किरण राज पान्डे र निरज पिठाकोटे मगर रहेको छ ।
बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य जगत राई , किरण राज पान्डे , तुलसि भन्डारी , कृष्ण उदास खनाल , मनोज पटेल , सरोज खड्का , अजय चौरसिया, सम्भु कुमार सुमन , शिवम साह, सुर्य बिक , श्याम पासवान , बिदुर गौतम , समिना रन्जितकार , सोनम गौतम , मान्ती महतो , राजेन्द्र सिंह राजपुत , अनिल साह , रन्जित चौरसिया , सुभाष आले , राम मन्डल , निरु भट्टराई , दिपेन्द्र बिसि लगायतकाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here