राईजिङ मोटिवेशनल स्पिकर सम्मान द्वारा शर्मा सम्मानित

0
50

 

बिनोद पटेल

फाल्गुन १२ गते,

 

राईजिङ मोटिवेशनल स्पिकर सम्मान द्वारा व्यवसाय प्रशिक्षक , मोटिवेशनल स्पिकर तथा लेखक आनन्द शर्मा सम्मानित भएका छ्न । नेपाल परिवार दल द्वारा काठमाणडौ स्थित क्राउन प्लाजा होटेलमा आयोजित सम्मान कार्यक्रममा पुर्व मन्त्री तथा केन्द्रिय अध्यक्ष एक नाथ ढकालले सो कार्यक्रम बिच शर्मालाई सम्मानित गरेका छ्न । शर्मा विगत ३ वर्ष देखि व्यवसाय प्रशिक्षक , मोटिवेशनल स्पिकर को रूपमा कार्यरत छन  । वहाँ ले लेखेको “जीवन व्यवस्थापन” नामक पुस्तक समेत प्रकाशन भएको छ ।

 

आफ्नो जीवनमा धेरै नै व्यवसायिक असफलताहरु देखेका शर्मा आज सफलता पुर्वक मोटिवेशनल स्पिकरको रूपमा आफ्नो नाम संगै देशको नाम पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छ्न । आनन्द शर्मा प्रदेश नम्बर २ मा पर्ने बारा जिल्लाको देवताल गाउँपालिकाको वडा नम्बर ५ टोल धुराहा निवासी हुन । हाल उनी  काठमाणडौमा बसोबास गर्दै आएका छ्न ।

 

यो पाएको सम्मान मैले नपाएर सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुले पाएको कुरा शर्माले बताए । सम्पुर्ण नेपालीको सहयोगले गर्दा मात्र म यहाँ सम्म पुगेको र यो सम्मानले झन उर्जा समेत प्राप्त भएको कुरा वहाँ ले बताएका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here