बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरण बारे वक्तुत्व कला प्रतियोगिता ।

0
39

अजित कुमार भुजेल

बिरगंज , माघ ३० गते शुक्रबार ।

बिरगंज वडा न.४ बिर्ता स्थित त्रिजुद्ध माबीको प्राङ्गणमा वक्तुत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
” सुरक्षित सिकाईको मुल आधार , बाल संरक्षण हामी सबैको सरोकार ” भन्ने मुल नाराका साथ सुरक्षित सिकाई कार्यक्रम अन्तर्गत बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरण बारेमा वक्तुत्व कला प्रतियोगिता आज सम्पन्न भएको छ ।
आसमान नेपालको आयोजनामा वल्ड एजुकेसनको सहयोगमा , बिरगंज महानगर पालिकाको समन्वय र पब्लिक एफएमको भोलेन्टिएर सहयोगमा सो वक्तुत्व कला प्रतियोगिता भएको हो।
वक्तुत्व कला भनेको बोल्ने सीप तथा बोलाईको सीप हो। यो कार्यक्रम नेपाल सरकारको शिक्षा मन्त्रालयको गुरु योजना भित्र रहेको कार्यक्रम हो।नेपाल सरकारलाई सेन्ट्रल लेबलमा वल्ड एजुकेसनले टेक्निकल सपोर्ट गरिरहेको छ ।
यो कार्यक्रम नेपालका सबै स्थानिय पालिकाहरु सङ्ग समन्वय गरेर गरिरहेको आसमान नेपालका समाजिक परिचालन राजु प्रसाद पटेलले जानकारी दिनु भएको थियो ।
यस कार्यक्रमको लक्ष्य भनेको लैङ्गिकतामा आधारित हुने हिंसाहरुलाई न्यूनीकरण गर्दै बाल संरक्षणलाई सुनिश्चितता गर्ने , विद्यालयलाई शान्ती क्षेत्र कायम गर्ने र सुरक्षित सिकाई वातावरण निर्माण गर्नमा सहयोग गर्नुका साथ साथै गुणस्तरिय शिक्षा स्थापित गर्नु कार्यक्रमको मुख्य लक्ष्य हो।
हिंसा के हो , हिंसा भैई रहेको हुन्छ तर त्यस बारेमा बच्चाहरुलाई थाहा हुदैन , त्यो हिंसा हो ।त्यस्तो अवस्थामा बालबालिकाले आवाज उठाउन सक्दैन ।घरपरिवारबाट , स्कुलमा शिक्षकबाट , आआफ्नो साथीभाईहरुबाट , चिनजानबाट पनि नजानिदो पाराले हिंसा गरेको हुन्छ तर त्यसलाई व्यक्त गर्न र भन्ने ठाउ नपाएर त्यसलाई लुकाउने काम हुन्छ र हिंसा बढदै जाने भएकोले यसलाई न्यूनीकरण स्कुलका भाईबहिनीहरुलाई हिंसा सम्बन्धि जानकारी गराउने , त्यस सम्बन्धमा ज्ञान र क्षमताहरुमा अभिवृद्दि गराउने काम गर्दछ ।
आज भएको वक्तुत्व कला प्रतियोगितामा बिरगंज महानगर पालिका भित्र रहेका ३४ विद्यालयका एक छत्र – एक छात्रा गरि ६८ जनाले भाग लिएका छन ।
आसमान नेपालका कृति केशरीको सभापतित्वमा र बिरगंज महानगर पालिका शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा त्रिजुद्ध माबीका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी , बिरगंज महानगर पालिकाका शिक्षा शाखा अधिकृत हरि राउत , उमेश ठाकुर , शोभा शर्मा , सन्चारकर्मी अजित कुमार भुजेल , पब्लिक एफएमका रेखा सिंह , एन्जल चौधरी , आनन्द पटेलको उपस्थिति रहेको थियो ।
वक्तुत्व कला प्रतियोगिताको निर्णायक मन्डलमा बिरगंज महानगर पालिकाका शिक्षा शाखाका महेश राज भट्ट , पब्लिक एफएमका डाईरेक्टर एवंम सामाजिक अभियन्ता प्रकाश थारु , आसमान नेपालका समाजिक परिचालक राजु प्रसाद पटेल रहेका छन ।
सो प्रतियोगितामा भागलिने बिधालयहरुमा कन्या माबी , माईस्थान माबी, ताराचन्द किशनलाल आधारभुत बिधालय , श्री ने. रा. मा. बि. , नेपाल रेल्बे माबी , पन्नालाल माबी , त्रिभुवन हनुमान माबी, सुरजी देबि माबी , कुल्लिया उम्ने कुलसुम ल्लिन बनात स्कुल , श्री पन्डित समधेनी तिवारी आ. बि. , श्री नेरा गिता गजेन्द्रराज स्कुलको सहभागिता रहेको थियो ।
स्वागत राजु प्रसाद पटेलले र कार्यक्रम सन्चालन पब्लिक एफएमका स्टेशन प्रमुख राजेन्द्र सिंहले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here