बीरगन्ज मा अनमोल स्वीट्सको अर्को शाखा न्यु अनमोल रेष्टुरेन्ट खुल्यो ।

0
35

बीरगन्ज, माघ २३ गते शुक्रबार
ग्राहकहरुको मन जितन सफल रहेको अनमोल स्वीट्सले बीरगन्जमा अर्को शाखाको रुपमा न्यु अनमोल स्वीट्स एवम् फैमली रेष्टुरेन्ट संचालनमा ल्याएको छ । बीरगन्जको महाबीर स्थानमा रहेको अनमोल स्वीट्सले छोटो समयमै बीरगन्जवासीको मन जित्न सफल भएको थियो । रेष्टुरेन्टका संचालक पप्पु सर्राफ ग्राहकहरुकै चाहना अनुसार सस्तो तथा सुविधा सम्पन्न न्यु अनमोल रेष्टुरेन्ट संचालनमा ल्याएको बताए । बीरगन्जको आदर्श नगर मुख्य चौक मेनरोडमा रहेको रेष्टुरेन्टले आज देखि आफ्नो सेवा सुचारु गरेको छ । रेष्टुरेन्टको आज एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । ४० लाख रुपैयाको लगानीमा निर्माण गरिएको रेष्टुरेन्टमा एसी सहितको केविन, सिगंल, डब्बल तथा फैमली टेवलहरुको समेत व्यवस्था रहेको रेष्टुरेन्टका निर्देशक पप्पु सर्राफले वताए ।                                                ग्रहकहरुको चाहना अनुसार पुरा सुविधा सम्पन्न रहेको रेष्टुरेन्टमा सबै प्रकारका सकाहारी नास्ता, मिटाई, फास्टफुड, दिउँसोको खाना तथा रातीको खानाको समेत व्यवस्था रहेको निर्देशक सर्राफले बताए ।                                          आफ्नै तीन दाजुभाई मिलेर शुरु गरेको अनमोल स्वीट्स प्रदेश २ र प्रदेश ३ का बिभिन्न ठाउँमा संचालनमा रहेको छ ।            निर्देशक सर्राफका अनुसार ग्राहकको चाहना अनुसारको सबै प्रकारका परिकारहरुको व्यवस्था तथा धेरै महगो पनि नपर्ने गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ न्यु अनमोल रेष्टुरेन्ट संचालनमा ल्याइएको छ ।                                           उनले रेष्टुरेन्टले छिटै ग्राहकहरुको मन जित्ने बिश्वास व्यक्त गरेका छन् । रेष्टुरेन्ट भित्र मनमोहक टाइटिङ्ग, शान्त वातावरण तथा पूर्ण सर–सफाईको व्यवस्था रहेको छ । संचालक पप्पु सर्राफका अनुसार अनमोल स्वीट्सकै ग्राहकहरुको अनुरोध मा रेष्टुरेन्ट संचालनमा ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here