34.6 C
Birgunj
Homeसमाचारस्थानियअवैध भारतीय रुपैया सहित मनोकामना मनी चेन्जरका संचालक गोपाल प्रसाद सोनारलाई पर्सा...

अवैध भारतीय रुपैया सहित मनोकामना मनी चेन्जरका संचालक गोपाल प्रसाद सोनारलाई पर्सा प्रहरी ले पक्राउ गरेको छ ।

- Advertisement -spot_img

बिनोद पटेल
बिरगंज , माघ १८ गते आइतबार
अबैध विदेशी मुद्राको कारोबार भइरहेको छ भन्ने बिशेष सूचनाको अधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नम्बर ९ मा रहेको मनोकामना मनी चेन्जरमा लुकाई छिपाई राखेको छ भन्ने प्राप्त सुचना को आधारमा १७ गते सनिवार जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले दिउँसो २ बजेको समयमा मनोकामना मनी चेन्जरका संचालक गोपाल प्रसाद सोनारलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सोनार को अफिस खान तलासी गर्दा प्रतिवन्धित भारतीय रुपैया रु.५००को नोट १११५ पिस रु.५,५७,५०० पाँच लाख सन्तावन हजार पाँच सय त्यस्तै प्रतिवन्धित भारतीय रुपैया २०० को नोट ७०पिस रु.१४,०००, चौध हजार साथै प्रतिवन्धित उक्त भारतीय नोटहरुसंगै गैर कानूनी रुपमा कारोबार भईरहेको भारतीय रुपैया १०० को नोट ४१ पिस रु.४१०० चार हजार एक सय त्यस्तै भा.रु.५० को नोट १७० पिस रु.८५०० आठ हजार पाँच सय गरी जम्मा भारतीय रुपैया ५,८४,१०० पाँच लाख चौरासी हजार एक सय र नेपाली रुपैया रु.१००० को नोट २४० थानमा रु.२,४०,०००।– दुई लाख चालीस हजार त्यस्तै नेपाली रुपैया रु.५०० को नोट रु.२७० थान रु.१,३५,००० एक लाख पैतीस हजार नेपाली रु.१०० को नोट ८५ थान रु.८,५०० आठ हजार पाँच सय नेपाली रुपैया रु.५० को नोट १३८ थानमा रु.६,९०० छ हजार नौ सय नेपाली रु.२० को नोट ४५ थानमा रु.९०० नौ सय नेपाली रु.१० को नोट ५१ थान रु.५१० पाँच सय दश र नेपाली रु.५ को नोट ५६ थान रु.२८० दुई सय असी गरी जम्मा नेपाली रुपैया रु.३,९२,०९० तिन लाख बयान्वे हजार नवे र ९८४५०९८५०१, ९८१७२९३१३१ नम्बरको सिमकार्ड सहितको Samsung Company को स्क्रिन टच मोबाईल समेत १ थान बरामद गर्नुका साथै गोपाल प्रसाद ‍सोनारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको र अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here