34.6 C
Birgunj
Homeसमाचारस्थानियजिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा दुर्घटना न्यूनीकरणको लागि स्टिकर टास्ने अभियान...

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा दुर्घटना न्यूनीकरणको लागि स्टिकर टास्ने अभियान आज बाट सुरु ।

- Advertisement -spot_img

 

बिनोद पटेल
बिरगंज , माघ १७ गते शनिबार ।

समुदायिका प्रहरी साझेदारी अन्तर्गत ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजना तथा रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणको लागी स्टिकर टास्ने अभियानको आज बाट सुभारम्भ भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको प्रमुख आतिथ्यमा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको अध्यक्षतामा बिरगंज को बसपार्क चोकमा रहेको शालिकमा टल्किने स्टिकर टासेर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।
सो कार्यक्रम एक सप्ताह सम्म निरन्तर चल्ने छ र भोलि आइतबार देखि बसपार्क भित्र रहेका ठुला गाडीहरुमा पनि स्टिकर टास्ने कार्यक्रम रहेको सो कार्यक्रम का संयोजका दिलिप राज कार्कीले बताए ।
यो अभियान अन्तर्गत आज बसपार्क हुँदै लक्ष्मणवा चौक , रजत जयन्ती देखि बसपार्क र बसपार्क देखि घन्टाघर सम्म सडकको बीच भागमा रहेको पोलहरुमा लाईट मा टल्किने स्टिकर टासेको थियो ।
सो कार्यक्रममा व्यवस्थित बिरगंज अभियान संस्था स्प्रिट क्लब माइस्थान , ग्यालेक्सी युवा क्लब पिपरा , टाईगर क्लब ,भोलेन्टियर टिम , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली ,तथा मिनाबजार सामुदायिक सेवा केन्द्र , स्वतन्त्र युवा क्लबको सहभागिता रहेको थियो।
त्यस्तै ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , कमल नेपाली , ट्राफिक प्रहरी ,तथा सन्चारकर्मीहरु , उपस्थिति रहेको थियो ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here