34.6 C
Birgunj
- Advertisement -spot_img

बिनोद पटेल ।
बिरगंज माघ १४ बुधबार ।
कोरोना भाइरसविरूद्धको खोप अभियान आज बाट सुरू भएको छ ।
प्रदेश २ मा सुरु चरणमा ३४ हजार ८ सय ४ जनालाइ खोप लगाउने अभियान छ। र सुरु चरणमा फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप दिन सुरुगरिएको हो । खोप लगाउने अभियान कार्यक्रम अन्तर्गत प्रदेश नम्बर २ मा पनि एकजना स्वास्थ्यकर्मीलाई कोरोना विरुद्ध को खोप लगाएर अभियानको सुरुवात गरिएको थियो ।

पर्सा बिरगंज ईस्तिथ प्रदेश २ को सबैभन्दा पुरानो र ठुलो होस्पिटल को रुप मा चिनिने नारायणी उप क्षेत्रीय अस्पतालमा कार्यरत एकजना महिला जो एनआईसियू वार्डकी इन्चार्ज नर्स हेमा थापालाई प्रदेश नम्बर २ मा पहिलो खोप लगाएर कार्यक्रम सुरु भएको थियो ।

सुरुमा पहिला स्वास्थ्यकर्मीहरु बाटनै कोरोना विरुद्ध को खोप लगाएर कार्यक्रम सुरुवाती गरिएको थियो ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा र नारायणी उप क्षेत्रीय अस्पतालमा आयोजित एक कार्यक्रमबीच नर्स हेमा थापालाई खोप लगाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. संन्जय ठाकुरले बताए ।
अस्पतालले आज पहिलो दिन एक सय भन्दा बढीलाई खोप लगाउँने लक्ष्य लिएको अस्पतालका मेसु डा. ठाकुरले बताए ।
उनले पहिलो चरणमा जनस्वास्थ्य कार्यालय पर्सामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी कर्मचारी, सरसफाई कर्मचारी एम्बुलेन्स चालक, समेतकोलाई खोप लगाउने कार्यक्रम राखिएको छ ।
दोस्रो चरणमा लगाईने खोप भने फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीहरुलाई खोप लगाउने योजना रहेको मेसु डाक्टर ठाकुरले बताए ।

सरकारले जनस्वास्थ्य कार्यालय पर्सालाई पहिलो चरणको खोप लगाउने कार्यक्रमका लागि पाँच हजार जनालाई लगाउन पुग्ने कोरोना विरुद्ध को खोप उपलब्ध भएको डा. ठाकुरले बताए । जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार जनस्वास्थ्यसँग भएको खोप अन्य अस्पताल र निजि स्वास्थ्य संस्थालाई पनि उपलब्ध गराइने छ ।

पर्सा जिल्लामा कोरोना विरुद्ध को खोप कार्यक्रमको उद्घाटन भएसँगै प्रदेश २ का अन्य जिल्लाहरुमा पनि खोप लगाउँन सुरु गरिएको छ ।
नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो । भारतको सिरम इन्स्टिच्युट अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर गरेको उत्पादन कोरोनाविरुद्धको ( कोभिडसिल्ड ) खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी मानिएको छ ।

 

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here