34.6 C
Birgunj
Homeसमाचारस्थानियकलैया सिटि जेसिस वर्ष २०२१ को १२ औं पदस्थापन तथा पुरस्कार वितरण...

कलैया सिटि जेसिस वर्ष २०२१ को १२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

- Advertisement -spot_img

बारा, ११ माघ

बाराको कलैयामा भएको १२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा कलैया सिटि जेसिस वर्ष २०२१ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, विशिष्ठ  अतिथि नेपाल जेसिसका क्षेत्र ‘ख’ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि विमल ग्यवाली, मातृशाखा वीरगंज जेसिसका शाखा अध्यक्ष जेसि रन्जन राउत, अतिथि बारा उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, कलैया विभिन्न वडाका वडा अध्यक्षहरु, नेकपाका युवा नेता डा. सुशिल साह, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, जसपाका युवा नेता जय प्रकाश साह, कलैया सिटि जेसिसका पूर्व अध्यक्षहरु लगायतको उपस्थीति रहेको थियो ।

वर्ष २०२० का अध्यक्ष जेसि विपिन चौधरीले कार्यक्रममा कलैया सिटि जेसिस वर्ष २०२१ का अध्यक्ष जेसि शम्भु गुप्तालाई चेन हस्तान्तरण गर्दै पदस्थापन गरिएको हो । त्यसैगरी नवनिर्वाचित अध्यक्ष गुप्तालाई वर्ष २०२० अध्यक्ष चौधरी सपथ खुवाएका थिए ।

कलैया सिटि जेसिस वर्ष २०२१ को १२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा कार्यकारी उपाध्यक्ष जेसि टंकेश महतो, जेसि बिजय गिरी, महासिचव जेसि पवन कुश्वाहा, कानुनी सल्लाहकार जेसि साबित्री शर्मा, कोषाध्यक्ष जेसि सुबास जयसवाल, उपाध्यक्ष जेसि राहुल सर्राफ, जेसि श्याम  केशरी, जेसि सन्दिप साह, जेसि श्रवण प्रसाद साह, मिडिया संयोजक जेसि मानिकचन साह, तालिम संयोजक जेसि सदाम अंसारी लगायतका समिति चयन भएको थियो । त्यसैगरी नवनिर्वाचित अध्यक्ष गुप्ताले समितिका सम्पूर्ण पदाधिकारीहरुलाइ सपथ खुवाएका थिए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here