34.6 C
Birgunj
Homeसमाचारस्थानियग्यास अधिकृत बिक्रेता संघको आठौं साधारण सभा सम्पन्न । अध्यक्षमा पुनः बिरेन्द्र...

ग्यास अधिकृत बिक्रेता संघको आठौं साधारण सभा सम्पन्न । अध्यक्षमा पुनः बिरेन्द्र साह सर्वसहमतले बिजयी ।  

- Advertisement -spot_img
बिनोद पटेल                                                          बीरगंज  माघ १० सनिवार
ग्यास अधिकृत बिक्रेता संघको आठौं साधारण सभा तथा ५ औं अधिवेशन आज बीरगंजमा सम्पन्न भएको छ । बीरगंजस्थित होटल कुमुमा आयोजित कार्यक्रमका प्रमुख अतिथी बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले राजनीतिक तरलता बढेको अवस्थामा अवारिञ्छत क्रियाकलापहरुको प्रश्रय पाउने र सबैको तगारोको रुपमा निजीक्षेत्र बन्ने गरेकोले निजीक्षेत्र माँझ एउटा अन्यौलपूर्ण वातावरण छाएको अवगत गराउँदै निजीक्षेत्रले यस असहजताका बीचमा अत्यन्तै सचेष्ट र चनाखो भएर अघि बढ्नु पर्ने बताउनु भयो । वहाँले बल्ल बल्ल राजनीतिक स्थिरता तर्फ देश अघि बढ्न लागेको बखत पुन: अस्थिरताको संस्करण शुरु हुने हो कि भन्ने परिस्थिति सृजना भएको भन्दै संघले उद्घोष गर्दै आएको बिषय के हो भने ब्यापार ब्यवसायको बिकास र प्रबर्द्धनको लागि राज्यबाट अनुकूल वातावरण निर्माण होस भन्ने कुरामा जोडदिनु भयो । अध्यक्ष केडियाले कुनै पनि देशको बिकास त्यस देशको उघोग, व्यापारको विकासमा निर्भर गर्दछ र उद्योग व्यापारको विकास निजी क्षेत्रको सक्रिय सहभागितामा निर्भर गर्दछ भन्ने बताउनु भयो । बीरगंज उद्योग वाणिज्य संघ तपाईहरु संग सहकार्य, समन्वय, गरेर अघि बढ्न तयार रहेको र कुनै पनि बेला तपाईहरुलाई  बीरगंज उद्योग वाणिज्य संघको आवश्यक्ता परे उद्योग वाणिज्य संघ सहकार्य गर्न तयार रहेको अध्यक्ष केडियाले जिकिर गर्नु भयो ।  वहाँले पर्सा जिल्लामा बिभिन्न बिषयगत क्षेत्रगत व्यापार, व्यवसायहरुको छाता संगठन सक्षम भएर आफ्नो कार्य सम्पादन गर्न तर्फ दृढ भएर लाग्नु पर्दछ भन्ने आफ्नो संस्थागत मान्यता रहि आएको बताउनु भयो । ग्यास अधिकृत बिक्रेता संघ पर्साका अध्यक्ष बिरेन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा
बिशिष्ट अतिथी एलपि ग्यास उद्योग संघका उपाध्यक्ष मनोज दास, ग्यास लियो महासंघ नेपालका उपाध्यक्ष अर्जुन खत्री, ग्यास बिक्रेता महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष गणेशमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहाल लगायतले ग्यास बिक्रेतामा देखिएको समस्यालाई आन्तरिक रुपमा समाधान गरि अगाडी बढन सुझाव दिएका थिए ।
           कार्यक्रममा पश्चात साधारण सभाको बन्द शत्रले बिरेन्द्र साहले अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा इन्द्रजीत रौनियार, मनोरञ्जन साह, महिला उपाध्यक्षमा सिन्धु देवी, महासचिवमा रामनाथ साह,  सचिवमा निरन्जन साह, कोषाध्यक्षमा लक्ष्मण साह र
सहकोषाध्यक्षमा रामजी साह रहेका छन । त्यसैगरी सदस्यहरुमा बिकाश गुप्ता, राजन सिंह, मंसुर अंसारी, अनिल साह तेली, दुर्गा साह, बिनोद गिरी, अंकित कुमार चौरसिया, राजेश गुप्ता, फ्रन्कु शर्मा, इन्द्रभुषण कुशवाहा, मेघनाथ प्रसाद कलवार, धर्मराज पटेल, सुनिल साह, नुर आलम र नरेश प्रसाद साह रहेका छन ।
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here