नेपाल बाल संगठन पर्साको साधारण सभा सम्पन्न ।

0
37

 

बिरगंज , माघ १० गते शनिबार ।

नेपाल बाल संगठन पर्साको शनिबार साधारण सभा सम्पन्न भएको छ ।
आज सम्पन्न सधारण सभाले तदर्थ समितिका सभापति रामकिशोर सिंह (पराग)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपसभापतिमा निशा बर्मा, सचिवमा हेमन्त तामाङ, कोषाध्यक्षमा राजाबाबु रौनियार रहनु भएको छ।
तेयस्तै सदस्यहरुमा मुकेस महरा, शुसिल केसी, पुकार सुवेदी र सृजना पाण्डे रहनु भएको छ ।
नेपाल बाल संगठनका केन्द्रीय प्रतिनिधि तथा वीरगञ्ज महानगरपालि वडा नं.८ का वडाध्यक्ष राजकिशोर गुप्ताको प्रमुख आतिथ्यता तथा नेपाल बाल संगठन सर्लाहीका तदर्थ समिति का सभापति समिम बाबु खानको विशिष्ट आतिथ्यमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
नयाँ कार्यसमितिलाई बधाई दिँदै संगठनका प्रतिनिधि राजकिशोर गुप्ताले बालबालिकाको हकहितको क्षेत्रमा दृढ भएर लाग्नसमेत आग्रह गर्नुभयो थियो ।
नेपाल बाल संगठको बिधान अनुरुप साधारणसभाबाट सर्वसम्मत चयन भएका सभापति सिंहले अन्य पदाधिकारी नियुक्त गर्नु भएको छ ।
नयाँ समितिले आगामी ४ वर्ष बालबालिकाको हितमा दृढ भएर काम गर्ने सभापति सिंहले प्रतिबद्धता समेत जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here