35.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

प्याब्सन टी–२०: जीवनज्योति, मनकामना र वीरगंज स्कूल विजयी

वीरगंज,१३ माघ । प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा जीवनज्योति मावि, मनकामना एकेडेमी र वीरगंज स्कूलले प्रभावशाली जित हात पारेका छन्।

पहिलो खेलमा जीवनज्योति माविले रोयल एकेडेमीलाई ६९ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको जीवनज्योतिले विकेट नखसाली १३० रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको रोयल एकेडेमी ६६ रनमै अलआउट भयो। जीवनज्योतिका सागर यादवले ७८ रनको उत्कृष्ट इनिङ खेलेर म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा मनकामना एकेडेमीले न्यु वेभलाई ११४ रनको फराकिलो अन्तरले हरायो। न्यु वेभले टस जितेर बलिङ रोजे पनि मनकामनाले १५ ओभरमा १ विकेटको क्षतिमा १५५ रन बनायो। जवाफमा न्यु वेभ ९ विकेट गुमाउँदै मात्र ४१ रनमा सीमित भयो। ६९ रनको योगदान दिएका रैहान आलम म्यान अफ द म्याच बने।

तेस्रो खेलमा बीरगन्ज स्कूलले सफ्फाह आइडियललाई ७७ रनले पराजित गर्‍यो। टस जितेर बलिङ रोजेको सफ्फाह आइडियलविरुद्ध बीरगन्ज स्कूलले १५ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनायो। जवाफमा सफ्फाह आइडियल ११.३ ओभरमै ४५ रनमा अलआउट भयो। बीरगन्ज स्कूलका अनिष कुमार पटेल ३९ रनसहित म्यान अफ द म्याच घोषित भए।

यसैबीच, प्याब्सन जुनियर फुटबल प्रतियोगिताको चौथो दिन पनि रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा नवदीप एकेडेमीले नेशनल मोडेल स्कूललाई ३–० गोलले पराजित गर्‍यो, जहाँ आशिष साह म्यान अफ द म्याच बने।

दोस्रो खेलमा साउथ जोन र लिटल फ्लावरबीचको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा साउथ जोनले ४–२ गोलले जित निकाल्यो। साउथ जोनका गोलकिपर नविन यादव म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेलमा विकन माविले ज्ञानदा एकेडेमीलाई ४–० गोलले पराजित गर्‍यो। उक्त खेलमा सफ्रोज मियाँ म्यान अफ द म्याच बने। चौथो खेलमा सफल एकेडेमीले गौतम माविलाई १–० गोलले हराउँदै लक्की चौधरी म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताबारे जानकारी प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सुशीला साहले दिनुभएको हो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here