38.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

विकास गोयलको गोदामबाट ३० लाख मूल्य बराबरका अवैध सामग्री बरामद

वीरगंज,१२ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रूपमा भण्डारण गरिएका करिब ३० लाख रुपैयाँ बराबरका खुद्रा सामान बरामद गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा आइतबार साँझ करिब ८ बजे वीरगंज महानगरपालिका–७ रेल्वे सडकखण्डमा रहेको एस.बी. ट्रेडिङ्ग नामक गोदाममा छापा मारिएको थियो । उक्त गोदाम वीरगंज महानगरपालिका–५ निवासी विकास गोयलले सञ्चालन गर्दै आएको र बिन्दु गोयलको नाममा दर्ता रहेको जनाइएको छ।

छापामारीका क्रममा भन्सार चोरी पैठारी तथा राजस्व छलि गरी अवैध रूपमा स्टक गरी राखिएका अनुमानित मूल्य ३० लाख रुपैयाँ बराबरका स्टेशनरी, किराना तथा अन्य खुद्रा सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानमा पेन्सिल, इरेजर, कटर, तास, टेप, बेलुन, लाइटर, रबर, जिविया, गुच्चा लगायतका मालवस्तु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी ती सामानहरू बरामद गरेको हो । बरामद मालवस्तुहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जारी दिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here