38.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

महाशक्ति साबुन उद्योगमा आगो, करोडौंको क्षति अनुमान

हेटौँडा,११ माघ ।  हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ।

औद्योगिक क्षेत्रभित्र तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्टबाट आगो लाग्दा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिए।

“आगलागीमा कतिको क्षति भयो भने तत्काल एकिन गर्न सकिँदैन,” उनले भने, “तथ्याङ्क हेरेपछि मात्र क्षतिको मूल्यांकन गर्न सकिन्छ। तर गोदाममा रहेको कुनै पनि सामान जोगिएको छैन, सबै खरानी भइसकेको छ। यसो हेर्दा करिब १०–१२ करोड रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ।”

मध्यरातमा अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराइ आगो निभाउने प्रयास गरिएको थियो। तर आगो तत्काल नियन्त्रणमा लिन नसकिँदा क्षति बढेको व्यवस्थापक बुढाथोकीले बताएका छन्।

आगलागीपछि हेटौँडा उपमहानगरपालिकाबाट आएको दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा अहिले केहीबेरअघि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here