27.3 C
Birgunj
Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026
spot_img

पुरानो रेलको योगदानले वीरगंजमा संग्रहालय बन्ने तयारी

वीरगंज,०८ माघ । वीरगंजको बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट ऐतिहासिक पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा बिहिबार स्थलगत निरीक्षण गरिएको छ। ऐतिहासिक रेल सम्पदाको संरक्षण गर्दै पर्यटकीय विकास गर्ने उद्देश्यसहित अघि बढाइएको उक्त योजनाबारे सरोकारवालाहरूबीच विस्तृत छलफल भएको हो।

निरीक्षण कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, महानगरपालिकाका हरियाली संयोजक तथा सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्तालगायतको सहभागिता रहेको थियो।

स्थलगत निरीक्षणका क्रममा प्रस्तावित स्थलको वर्तमान अवस्था, पूर्वाधारको सम्भावना तथा संग्रहालय स्थापनाका लागि आवश्यक प्रक्रिया र समन्वयबारे छलफल गरिएको जनाइएको छ। सहभागीहरूले जनकपुरबाट ऐतिहासिक महत्व बोकेको रेल शीघ्र ल्याई संग्रहालय निर्माण कार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

मेयर सिंहले रेल्वे संग्रहालय स्थापना भएमा वीरगंजको ऐतिहासिक पहिचान थप सुदृढ हुने, पर्यटन प्रवर्द्धन हुने र नयाँ पुस्ताले नेपालको रेल्वे इतिहासबारे प्रत्यक्ष जानकारी पाउने अवसर प्राप्त हुने बताए। साथै, यो योजना महानगरपालिकाको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास योजनासँग मेल खाने उनको भनाइ थियो।

निरीक्षण टोलीले आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो रेल ल्याउने तथा संग्रहालय स्थापनाको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रस्तावित रेल्वे संग्रहालय भविष्यमा वीरगंजको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here