27.3 C
Birgunj
Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026
spot_img

नेपाली सुन बजारमा दुर्लभ वृद्धि, एकैदिन १० हजारभन्दा बढीले महँगियो सुन

वीरगंज,०७ माघ । नेपाली सुन बजारमा आज बुधबार एकैदिन एतिहासिक वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ, जुन नेपाली बजारको इतिहासमा एकैदिन भएको दुर्लभ र भारी बढोत्तरी हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार १० ग्राम सुनको मूल्य पनि २ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनका कारण नेपाली बजारमा यसको प्रत्यक्ष र गम्भीर प्रभाव परेको देखिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ९२० रुपैयाँ पुगेको छ ।

विश्वव्यापी भूराजनीतिक तनाव र आर्थिक अस्थिरताका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएको र त्यसकै असरले आन्तरिक बजारमा पनि मूल्यले नयाँ कीर्तिमान कायम गरेको व्यवसायीहरूको विश्लेषण छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here