31.6 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

देवघाटधाममा तीन लाख तीर्थयात्री अपेक्षित, माघे संक्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा

तनहुँ,३० पुस ।  माघे सङ्क्रान्तिको अवसरमा देवघाटधाममा वार्षिक धार्मिक मेला सुरु भएको छ। त्रिशूली र कालीगण्डकीको संगमस्थलमा हुने यस मेलामा तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ।

समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। भक्तजनको सुरक्षा, यातायात र पार्किङ व्यवस्थापनका लागि तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।

मेला क्षेत्रमा धुम्रपान, मांस, मदिरा र सुर्तीजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिएको छ। वेणीसङ्गममा स्नान गर्ने क्षेत्र डोरीले छुट्याइएको छ र सुरक्षित क्षेत्रभित्रै मात्र स्नान गर्न भक्तजनलाई आग्रह गरिएको छ।

आज बिहान विभिन्न आश्रमका पीठाधीशहरूको उपस्थितिमा धार्मिक विधि अनुसार वेणीसङ्गममा लिङ्गो गाडी मेलाको औपचारिक शुभारम्भ गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here