31.6 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

काभ्रेपलाञ्चोक,३० पुस । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट स्थानीयवासीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। “चार जना पक्राउ परेका छन्, थप अनुसन्धान जारी छ,” एसपी सुवेदीले जनकारी दिए ।

मंगलबार राति पाँच÷छ जनाको समूहले बैंकमा धावा बोलेर ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए।

लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ प्रहरीले विभिन्न स्थानमा खोजतलास गर्दा स्थानीयको सहयोगमा बरामद गरेको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here