37.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

जातीय बिभेद अन्त्यको सन्देश सहित माईस्थानमा हिन्दू पत्रकार संघका पदाधिकारीहरु सम्मानित

कार्यक्रमको मुख्य आकर्षण सामूहिक भोजन कार्यक्रम रहेको थियो। “जातपातलाई गरौँ विदाइ, हिन्दू सनातनी भाइ–भाइ बनौँ” भन्ने नारालाई व्यवहारमा उतार्दै विभिन्न जातजाति तथा समुदायका व्यक्तिहरूलाई एउटै स्थानमा बसालेर दही, चिउरा र जलेबी सामूहिक रूपमा खुवाइएको थियो। यसले हिन्दू समाजभित्र विद्यमान जातीय विभेद अन्त्य गरी सबै सनातनी एक हुन् भन्ने सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

उक्त अवसरमा नवगठित हिन्दू पत्रकार संघ, नेपाल का पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो। हिन्दू सम्राट नेपाल, पर्सा का अध्यक्ष विकास साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियार प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी, हिन्दू धर्म तथा संस्कृतिको संरक्षण र प्रचार–प्रसारमा योगदान पुर्‍याउँदै आएका बजरंग दल पर्साका अध्यक्ष विवेक सिन्हा, रञ्जन सिंह, वन्दना शर्मा तथा रमिता माया गुप्तालगायतलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन सन्तोष सर्राफ र महासचिव प्रज्वल डगोलले गर्नुभएको थियो।

 

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here