37.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका केन्द्रीय पदाधिकारीहरु सम्मानित:धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

पौष २७ बिरगंज।विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमितिले नवनिठित हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आईतबार एक भव्य समारोहका बीच नागरिक अभिनन्दन तथा सम्मान गरेको छ। वीरगन्जको रानीसती धर्मशालामा आयोजित उक्त कार्यक्रममा हिन्दू धर्म, संस्कृति र राष्ट्रियताको रक्षाका लागि सञ्चार जगत्‌को भूमिकाबारे गम्भीर चर्चा गरिएको थियो।

मिडिया ट्रायललाई परास्त गर्ने उद्घोष कार्यक्रमका विशिष्ट अतिथि एवं विश्व हिन्दू परिषद् मधेस प्रदेशका उपाध्यक्ष सुनिल खेतानले नवनियुक्त पत्रकारहरूलाई टीका र गमछा ओढाएर सम्मान गर्दै सामाजिक सञ्जालमा हिन्दू धर्मविरुद्ध हुने ुअभद्र टिप्पणीु र योजनाबद्ध ुमिडिया ट्रायलु विरुद्ध सशक्त रूपमा उत्रन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, हिन्दूहरूको आस्थामाथि प्रहार गर्ने तत्वहरू सक्रिय भएका छन्, अब हिन्दू पत्रकार संघले त्यस्ता भ्रमलाई चिरेर सत्यको छाप छोड्नुपर्छ। यस कार्यमा परिषद् सधैँ तपाईँहरूको साथमा रहनेछ।

हामी कसैको विरुद्धमा होइन, आफ्नो पहिचानको पक्षमा हौ प्रमुख अतिथिको आसनबाट बोल्दै हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले संघको स्थापनाको औचित्यमाथि प्रकाश पार्नुभयो। उहाँले यो संगठन कुनै विशेष जाति वा समुदायको विरोधमा नभई हिन्दू धर्मको व्यापक प्रचार(प्रसार र ओझेलमा परेका धार्मिक पर्यटकीय स्थलहरूको उत्थानका लागि बनेको प्रस्ट पार्नुभयो। अध्यक्ष रौनियारले कडा शब्दमा भन्नुभयो, पत्रकारको पहिलो धर्म न्याय हो। जुनसुकै जात वा धर्मको भए पनि यदि कोही पीडित छ भने हाम्रो संघ उसको आवाज बन्नेछ। हामी मठ(मन्दिर र संस्कृतिको संरक्षणसँगै सत्यको पक्षमा सधैँ अडिग रहनेछौँ।सोही अवसरमा विश्व हिन्दू परिषद् वीरगन्ज महानगर समितिले संगठनलाई थप सुदृढ बनाउन केही नयाँ जिम्मेवारीहरू समेत तोकेको छ। जसअन्तर्गत सह-सचिवमा सुभाष साह, दुर्गा वाहिनी संयोजिकामा वन्दना शर्मा, गौरक्षा प्रमुखमा यश सर्राफ, सेवा प्रमुखमा अनुज गुप्ता, धार्मिक पुँजी प्रमुखमा आकाश र मिडिया प्रमुखमा चन्दन प्रजापतिलाई चयन गरिएको छ। नवनियुक्त दायित्वधारीहरूलाई संगठनको लक्ष्य अनुरूप कार्य गर्न निर्देशित गरिएको छ।

नगर अध्यक्ष ज्योति रुंगटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दीप प्रज्वलन गरी सनातन पद्धतिको सम्मान गरिएको थियो। कार्यक्रममा वीरगन्जका प्रतिष्ठित उद्योगी, नागरिक समाजका प्रतिनिधि, महिला सञ्चारकर्मी र युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले हिन्दू पत्रकार संघको उदयले मधेस प्रदेश र देशभर नै धार्मिक पत्रकारितामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here