37.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

शिव–पार्वती मन्दिर व्यवस्थापन समितिमा अजय गुप्ता अध्यक्ष चयन

वीरगन्ज महानगरपालिका–१० घडिअर्वास्थित श्मशान घाटमा रहेको ऐतिहासिक शिव–पार्वती मन्दिरको व्यवस्थापनका लागि नयाँ नेतृत्व चयन गरिएको छ। स्थानीयवासीको शनिबार बिहान बसेको भेलाले अजय गुप्ताको अध्यक्षतामा शिव–पार्वती मन्दिर व्यवस्थापन समितिको तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

समितिको उपाध्यक्षमा नन्दु साह कानु, सचिवमा बन्टीलाल साह कानु तथा कोषाध्यक्षमा राकेश साह कानु चयन भएका छन्। यस्तै, वीरगन्ज–१० का पूर्व वडासदस्य अरबिन्द साहलाई समितिको सल्लाहकारमा चयन गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए।

भेलाले समितिका अन्य सदस्यहरूको मनोनयन गर्ने अधिकार अध्यक्ष गुप्तालाई सर्वसम्मत रूपमा प्रदान गरेको छ। साथै, नवगठित तदर्थ समितिलाई आगामी तीन महिनाभित्र संस्थाको विधान तयार गरी कानुनी मान्यता प्राप्त गर्ने जिम्मेवारीसमेत दिइएको छ।

नयाँ समितिले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, मन्दिर व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा श्रद्धालुहरूको सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here