35 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

सुनचाँदी बजारमा गिरावट जारी, केही दिनमै हजारौँ रुपैयाँले घट्यो मूल्य

काठमाडौं,१७ पुस । आइतबार ऐतिहासिक कीर्तिमान कायम गरेको सुनचाँदीको मूल्यमा त्यसयता लगातार गिरावट देखिएको छ । बिहीबार पनि सुन र चाँदी दुवैको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यससँगै सुन आज प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ६२ हजार १ सय रुपैयाँमा झरेको थियो । यसरी केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएको देखिन्छ ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट जारी छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

बुधबार चाँदीको भाउ तोलामा १ सय २० रुपैयाँले घटेर ४ हजार ४ सय ७० रुपैयाँ पुगेको थियो भने मंगलबार चाँदीको मूल्य तोलामा ३ सय ५ रुपैयाँले घट्दै ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

लगातार केही दिनदेखि देखिएको मूल्य घट्दो प्रवृत्तिले सुनचाँदी बजारमा चासो बढाएको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव, माग–आपूर्तिको अवस्था र आर्थिक गतिविधिको प्रभावले आगामी दिनमा सुनचाँदीको भाउ कुन दिशातर्फ जाने हो भन्ने विषयमा व्यवसायी र उपभोक्ता दुवैको ध्यान केन्द्रित भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here