35.4 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

प्रधानमन्त्री कार्की विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न आवश्यक:प्रधानमन्त्री कार्की

काठमाडौँ,११ पुस । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताएकी छन्। बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्री कार्कीका अनुसार विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको साझा प्रयास आवश्यक छ। उनले भनिन्, “शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा निरन्तर असफल हुँदै आएको छ।”

साथै उनले विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको र यसबारे परामर्श तथा गृहकार्य भइरहेको जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले उच्च शिक्षाको लागि विद्यार्थीहरू विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु पनि जरुरी रहेको बताएकी छन्। उनले भने, “नेपालमा शिक्षामा लगानी बढाएर विश्वविद्यालयलाई प्राज्ञिक बहसको केन्द्र बनाउने र दलीय हस्तक्षेप कम गर्ने आवश्यकता छ।”

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here